‘लुट २’को छायांकन सकियो ,‘लुट ३’पनि निर्माण हुने

ट्रिजर सार्वजनिक सगै चर्चामा रहेको यो बर्षको सबै भन्दा बढी बहु-प्रतिक्षित चलचित्र ‘लुट २’ छायांकन सकिएको छ । चितवनको पर्सा बजारमा बुधबार चलचित्रको अन्तिम दृश्य छायांकन सगै चलचित्रको सम्पूर्ण छायांकन सकिएको छ ।
saugat-loot-2ब्लकबस्टर फिल्म ‘लुट’को सिक्वेलको रुपमा निर्माण भएको फिल्म ‘लुट २’का मुख्य पत्र सौगात मल्ल अर्थात् हाकु काले नया राजनीत पाटी प्रवेश सगै चलचित्रको छायांकन सकिएको छ ।चलचित्रको छायांकन सगै निर्माण युनिटले चलचित्र ‘लुट ३ ’समेत निर्माण हुने पुस्टि गरेका छन् ।हिजो छायांकन गरिएको चलचित्रको दृश्य बाट नै ‘लुट ३ ’सुरु हुने चलचित्र निर्माण युनिटले हामी सगको कुराकानीमा जानकारी दिनु भयो ।
loot-2नेपाली चलचित्र उद्योगमा भिन्दै ट्रेन राख्न सफल निर्देशक निश्चल बस्नेतको निर्देशन रहेको ‘लुट २’ सोचेको भन्दा राम्रो बनेको चलचित्रका छायाकार पुरोषोत्तम प्रधानले नमस्ते फिल्मी सगको कुराकानीमा बताउनु भयो ।पैतालिस दिनको सुटिंग सेडुल रहेको चलचित्र ‘लुट २’ तोकिएको समयमा छायांकन सम्पन्न भएको भन्दै चलचित्रका निर्माता नरेन्द्र महर्जनले निर्देशक निश्चल बस्नेतको कामको खुलेरै तारिफ गर्नु भयो ।
loot-2-shootफिल्मलाई माधव वाग्ले, नरेन्द्र महर्जन र निश्चल बस्नेतले निर्माण गरेका हुन् । फिल्ममा सौगात मल्ल, दयाहाङ राई, कर्मा, ऋचा शर्मा, प्रतिकराज न्यौपाने, सुशीराज पाण्डे र चितवनका पत्रकार रामेश्वर रिजाल लगायतको अभिनय रहेको छ ।
loot-2-piceनेपाली फिल्मको ब्यापार अत्यन्त नाजुक अवस्थामा पुगेको बेला रिलिज भएको लुटले ब्यवसायिक सफलता पाएसँगै फिल्म उद्योग पुन तंग्रिएको थियो । त्यसैले लुटलाई एैतिहासिक ब्यापार गर्ने फिल्मको रुपमा समेत लिइन्छ । चलचित्र फाल्गुन १३ गते बाट प्रदर्शनमा आउदै

Namaste Filmy

Read Previous

दयाहाङ र नम्रता उत्कृष्ट, ‘एलजी फिल्म अवार्ड’ सम्पन्न (सूचि सहित)

Read Next

फ्राइडे रिलिज अन्तर्गत आज बाट ‘६क्का पञ्जा’ प्रदर्शनमा ।भिडियो