'मिस नेपाल-२०१४' का लागी २० युवती छनौट ।

[dropcap]मि[/dropcap]स नेपाल २०१४ को लागी २० जना युवती छानिएका छन् । मंगलबार माल्भिका सुब्बा, श्वेता सिंह, रचना गुरुङ, सुवर्णबहादुर क्षेत्री, गिरेन्द्रमान राजवंशी र शरदकृष्ण श्रेष्ठ सम्मिलित निर्णायक समूहले उनीहरुलाई अर्को चरणका लागि छानेका हुन ।miss nepalमिस नेपालको आयोजक संस्था हिडेन ट्रेजरको अनुसार मिस नेपालमा सहभागी हुने इच्छा राखी सयभन्दा बढी युवतीले आवेदन दिएका थिए। तीमध्ये  ७० युवतीलाई मंगलबार छनोट चरणमा सहभागी गराइएको थियो।
मंगलबारको इन्टरभ्यु राउन्डमा धेरै युवती उचाईका कारण अयोग्य ठहरिएको हिडेन ट्रेजरका कार्यकारी अधिकृत श्वेता सिहंले जानकारी दिइन्। त्यसैगरी टाटु खोपेका कारण पनि केही युवती अयोग्य भएका थिए।
मंगलबारको अन्तर्वार्ताका लागि मिश्रित खाले युवतीहरु आएको श्वेताले बताइन्। उनका अनुसार सुपर मोडलदेखि नयां युवतीहरु समेत मिस नेपालमा भाग लिनका लागी आएका थिए ।
मिस नेपाल बन्ने दौडमा सुपरमोडलको रुपमा परिचित आस्था पोखरेल समेत सहभागी छिन्।
यसपालिको मिस नेपालमा मिस पूर्वाञ्चल, मिस चितवन र मिस नेवाःका विजेतालाई सिधै अन्तिम राउन्डमा सामेल गराइएको छ।
आउँदो वैशाख १९ मा हुने अन्तिम प्रतिस्पर्धाका लागि बिहीबार ‘ओरेन्टेसनु हुनेछ भने शनिबारदेखि नियमित प्रशिक्षण थालिने कार्यतालिका आयोजकको छ।

Namaste Filmy

Read Previous

'तक्मे बुढा' बलिउड तिर । 'सुनिल थापा'को सहयोगमा सिरीयलमा अनुबन्ध ।

Read Next

एकाएक जंगिए सलमान । अक्षयकुमारसंग फिल्म खेलेनन ।