
बिराज भट्ट, रेखा थापा र आर्यन सिग्देलको त्रिकोणात्मक प्रेम कथा ‘किस्मत’कै फ्लेभरमा ‘किस्मत २’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरले कतै न कतै बाट सुपरहिट फिल्म किस्मतको झल्को दिएको छ । तुलना नै गर्ने हो भने बिराजको स्थानमा किशोर खतिवडा, रेखाको स्थानमा शिल्पा पोखरेल र आर्यनको स्थानमा पुथ्वी राज रहेको बिश्लेषण गर्न सकिन्छ ।
किशोर शिल्पा र पृथ्वीराजको उपस्थिति ट्रेलरमा सशक्त देखिएको छ । प्रेम, द्धन्द र बिछोडकै कथा फिल्मले बोकेको ट्रेलरबाट बुझ्न सकिन्छ । फिल्मलाई ऋषि लामिछानेले निर्देशन गरेका हुन । बाघ निर्माता छविराज ओझाको प्रतिक्षित फिल्म भएकाले फिल्म दर्शकले रुचाउने अनुमान छ । फिल्मका गीतसँगीत यसअघि नै हिट भइसकेका छन । फिल्म दशैमा रिलिज हुनेछ ।

