‘६क्का पञ्जा’ले इतिहास रच्दै व्यवसायिक किर्तिमान,एकै दिनमा १ करोड २२ लाख कलेक्सन

गत शुक्रबार बाट प्रदर्शनमा आएको चलचित्र ‘६क्का पञ्जा’ले शनिबार नेपाली चलचित्रको इतिहासमा व्यवसायिक किर्तिमान कायम गरेको छ ।प्रदर्शनको दोश्रो दिन देशका अधिकांश हलहरुमा हाउसफूलको व्यापार गरेको छ भने कतिपय हलहरुमा त नयाँ रेकर्ड समेत बनाएको छ ।
chakka-panja-drashakशनिबार चलचित्रले राजधानीमा मात्रै ८० लाख माथिको व्यापार गरेको छ भने राजधानी बाहिर ४२ लाखको व्यापार गरेको छ ।देशै भरि एक दिनमा एक करोड २२ लाख लाख मथिकी कलेक्सन गर्दै एक दिनमा धेरै कलेक्सन गर्ने रेकर्ड राख्दै ‘६क्का पञ्जा’ नया इतिहास बनाएको छ ।यो नै कुनै पनि चलचित्रले एक दिनमा गरेको सबै भन्दा ठुलो व्यापार हो ।
देशको ८० भन्दा बढी हल बाट एक साथमा प्रदर्शनमा आएको ‘६क्का पञ्जा’प्रदर्शनले शुक्रबार ३३ लाख माथिको कलेक्सन गरेको गरेको थियो ।दुइ दिनमा नै चलचित्रले एक करोड ५५ लाख माथिको व्यापार गरेको छ ।चलचित्र ‘६क्का पञ्जा’प्हेर्न शनिबार देशै भरि जनलहर नै उर्लेर सिनेमा घरमा पुगेका थिए ।
chakka-panja-bhid‘छक्का पञ्जा’ ले काठमाण्डौका चावाहिलस्थित गोपिकृष्ण मुभिजमा नयाँ इतिहास बनाएको छ ।शनिबार मध्यान्ह्को शोमा ६ वटा हाउसफूल हुँदा पनि दर्शकको चाप हलको प्राङ्गणमा थामी सक्नु थिएन ।बालाजुको अष्टनारायण हलमा पनि दर्शकको चाप थामी सक्नु थिएन ।मल्टिप्लेक्स हलहरु पुरै हाउसफूल भएका थिए ।गोपिकृष्णमा १० लाख माथि र अष्टनारायण हल ७ लाख माथिको शनिबार मात्रै चलचित्रले कलेक्सन गरेको छ ।निर्माता दीपक राज गिरि र वितरक गोपालकाजी कायस्थले शनिबार राजधानीमा मात्रै ८० लाख माथिको व्यापार गरेको पुस्टि गर्नु भयो ।अर्का वितरक नरेन्द्र महर्जनले राजधानी बाहिर ४२ लाख माथिको कलेक्सन भएको पुस्टि गर्नु भयो ।
यता शनिबार राजधनी बाहिर पोखरा ,चितवन ,हेटौडा ,बुटवल ,धरान लगायतको ठाउमा हाउसफ़ुलको व्यापार गर्दै धेरै चलचित्र हलमा नयाँ रेकर्ड समेत बनाएको छ ।
chakka-panja-drashak1बिषेश गरेर चलचित्र हेर्न दर्शकले चलचित्र निकै उत्कृस्ट बनेको प्रतिक्रिया दिए सगै चलचित्रको ब्यबसाय भोलिको दिनमा पनि अझै राम्रो हुने देखिन्छ ।देशमा भएको अहिलेको बास्तबिक अवस्था चित्रण गरिएको चलचित्र ‘६क्का पञ्जा’ को माउथ पब्लिसिटीको आधारमा दर्शक हल सम्म आउने बातावरण सिर्जना भएको देखिन्छ ।
चलचित्र ‘६क्का पञ्जा’ कलाकार दिपाश्री निरौलाको निर्देशनमा तयार भएको चलचित्र हो ।दिपकराज गिरी, प्रियंका कार्की, जितु नेपाल, केदार घिमिरे ‘माग्ने बुढा’, बुद्धि तामाङ्ग ‘हैट’, बर्षा शिवाकोटी, नम्रता सापकोटा, सुमन गिरी लगायतको चलचित्रमा मुख्य भूमिका रहेको छ ।

Namaste Filmy

Read Previous

देशैभरि ‘६क्का पञ्जा’ हाउसफ़ुल,धेरै हलमा रेकर्ड कायम ,करोड माथि कलेक्सनको अनुमान

Read Next

एमालेका पुर्वप्रधानमन्त्रीहरु ओली,खनाल र नेपालले ‘६क्का पञ्जा’ हेरे ,चलचित्र उत्कृस्ट बनेको प्रतिक्रिया