एउटा गीतमा १२ बटा क्यामेरा प्रयोग।भिडियो

एउटा गीतमा १२ बटा क्यामेरा प्रयोग गरिएको छ भन्दा तपाईलाई पत्यार नलाग्न पनि सक्छ । किनकी यी सब क्यामरा फिल्मको गीतको लागि नभई म्युजिक भिडियोको लागि प्रयोग गरिएको हो । अक्षताको आलोपका लागि यी सबै क्यामरा प्रयोग भएका हुन् ।
aatma
सञ्चारकर्मी अमन प्रताप अधिकारीको निर्देशनमा तयार भएको यस भिडियोमा अक्षतासंगै शुभ आचार्य र समुहले फ्ल्याश मुभ गरेका हुन् । अमनकै पिता स्वर्गीय क्षेत्र प्रताप अधिकारीको शब्द रहेको यस गीतमा स्वर अमनको छोरी अक्षताले दिएकी हुन् ।
यसरि तीन पुस्ता नै यस गीतमा संलग्न भएका छन् । गीतमा संगीत भने कोबिद बज्रले दिएका छन् । ‘हामीलाई फ्याशमुभमा काम गर्ने आइडिया आयो त्यसैले गरेका हौ र शुटिङको बेला रमाइलो पनि भएको थियो किनकी के हुदैछ भन्ने धेरैले थाहा पाउनु भएको थिएन’ निर्देशक अमनले भिडियोको बारेमा बताए ।
गीतको कोरियोग्राफी भने प्रशान्त तामाङले गरेका हुन् । सिटी सेन्टरको भिडभाडमा यस गीतलाई प्रमोद कार्की , नविन श्रेष्ठ , उमंग शाही , उपेन्द्र मान सिंह लगायतका १२ जान सिनेम्याटोग्राफरले खिचेको यस गीतलाई लोकेश बज्राचार्यले सम्पादन गरेका हुन् ।

Namaste Filmy

Read Previous

‘सत्यदीप’ को ट्रेलर सार्वजनिक ,असोज १४ बाट प्रदर्शनमा आउने

Read Next

म आफ्नो वरिपरि मुस्कुराइरहने मानिसहरु हेर्न चाहन्छु:शत्रुघ्न सिन्हा, अभिनेता