एकाएक जंगिए सलमान । अक्षयकुमारसंग फिल्म खेलेनन ।

[dropcap]बी [/dropcap]टाउनका दवंग स्टार सलमान खान सुटीङ सेटमै एकाएक आगो भए । उनी रीसाएर सुटिङ नै नगरी आफ्नो बाटो लागे, जसबाट फिल्म युनिटलाई पर्नुसम्म तनाव आइपर्यो । यो प्रसंग हो हिन्दी फिल्म ‘फुगली’ छयांकनको क्रममा घटेको घटनाको ।salman 1
सलमान खान र अक्षय कुमार पुन एउटै फिल्ममा देखिन लागेको फिल्म ‘फुगली’को छयांकनको क्रममा सलमान को पारो तातेको हो । उनको फिल्मको एक गीतमा केमियो रोल रहेको थियो । केमियो रोल भए पनि गीतको सम्पुर्ण दृश्यमा आफु देखिनुपर्ने उनको माग थियो । तर सुटिङ सेटमा पुग्ने बितिकै अक्षयकुमारलाई गीतको लाइम लाइटमा राखिएको देखेपछि उनी रिसाउदै फर्किएका थिए । उनलाई मनाउन फिल्म युनिटले लाख कोशिस गरेका थिए । तर उनी सुटिङको लागी नआएपछि उनी बिना नै गीतको सुटिङ सकाइएको छ । उक्त गीतको बारेमा सलमानलाई केहि थाहा थिएन र गीतको बारेमा छोटो समयमा बुझाउन खोजेकाले पनि उनी निकै कन्फ्युजनमा थिए । उनले अर्का हिरो अक्षयसंग केहि कुरा नै नगरी सुटिङ सेटबाट बाहिरिएका थिए ।

फिल्मलाई कबीर सदानन्द ले निर्देशन गरिरहेका छन । अक्षय र सलमानले यसअघि पनि मुझसे सादी करोगी, तीस मार खान लगायत कयौ फिल्महरुमा संगै काम गरिसकेका छन ।

Namaste Filmy

Read Previous

'मिस नेपाल-२०१४' का लागी २० युवती छनौट ।

Read Next

'श्री ५ अम्बरे' मा थप दुई हिरोइन ।