वास्तविक कथा 'तुइन' । यस्तो छ ट्रिजर

tuinयो एउटा वास्तविक कथा हो । फिल्मको नाम ‘तुइन’ । यसअघि ‘बेस्ट फ्रेन्ड फरेभर’ निर्देशन गरेर चर्चा कमाएका उत्सव थपलियाले फिल्म निर्देशन गरेका छन । गोरखा तथा धादिङ जिल्लामा अत्याधिक तुइनको प्रयोग हुन्छ । त्यहि क्षेत्रको जनताको मर्म नै फिल्मले बोकको छ । फिल्मको सार्वजनिक भएको ट्रिजरले फिल्म अब्बल बनेको संकेत गर्छ ।
सुरेश थापा नामक वास्तविक पात्र नै फिल्मको मुख्य कलाकार हो । उनी केहि बर्षअघि तुईन चुडिएर पनि बाँच्न सफल भएका थिए । अन्य कलाकारमा पृषा श्रेष्ठ, परिच्छित विक्रम राणा, विशाल डोटेल, श्याम खड्ला र चिराग थपलिया लिड अभिनयमा छन् ।
अमेरिकामा बस्दै आएकी एनआरएन सृजना उप्रेतीले फिल्ममा लगानी गरेकी छिन । फिल्मको रिलिज मिति सार्वजनिक गरिएको छैन ।

Namaste Filmy

Read Previous

दुबईमा सुदर्शनको घोषणा 'म यस्तो गति गाँउछु'

Read Next

'सुब्बा साब' बन्दा यस्तो देखिए सरोज खनाल । भिडियो