बन्दैछ अजयको सिंघम २ ।

बलिउड सुपरहिट फिल्म सिंघमको सिक्वेल फिल्म सिंघम २ निर्माण हुने भएको छ । चेन्नई एक्सप्रेस निर्देशक रोहित शेट्टीको निर्देशनमा फिल्म बन्ने भएको हो । फिल्ममा नायक सिंघमकै अजय देवगण रहनेछन भने उनको सिघमको छवि पनि नयां फिल्ममा जस्ताको तस्तै रहनेछ । खतरनाक हिरोसंग दुश्मनीको लागी भिलेन पनि डरलाग्दो राखिने र हाल भिलेन कसलाई बनाउने सल्लाह भइरहेको निर्देशक रोहित ले बताउनुभयो । फिल्ममा नयिकाको लागी भने करिना कपुरलाई फाइनल गरिएको छ । गत बर्ष प्रदर्शन भएको फिल्म हरुले खासै कमाउन नसकेपछि केहि ओझेलमा परेको पर्फेक्ट स्टार अजय यो फिल्मबाट फेरी चम्किने अनुमान गरिएको छ । हाल अजय सिंघम २ संगै प्रभुदेवाको एक्शन जैक्शनको काममा पनि निकै ब्यस्त रहेका छन । सिंघम २ को छयांकन भने अब छिट्टै सुरु गरिनेछ ।

Namaste Filmy

Read Previous

चितवनमा स्कुलको पदाई रोकेर बिद्यार्थीलाई चलचित्र ‘झोला’ देखाईयो..

Read Next

बलिउडकै महगो आइटम नम्बरमा सोनाक्षी मच्चिइन ।