'श्री ५ अम्बरे' मा थप दुई हिरोइन ।

निर्देशक दीपा बस्नेतले निर्देशन गर्न लागेको फिल्म ‘श्री ५ अम्बरे’मा पछिल्लो समयका दुई हट हिरोइनहरु थपिएका छन । पछिल्लो समयका ब्यस्त दुई हिरोइनहरु प्रियंका कार्की र अशिष्मा नकर्मी फिल्ममा अनुबन्ध भएका हुन ।ashisma and priyankaफिल्ममा यसअघि नै सौगात मल्ल र केकि अधिकारी फाइनल भइसकेका छन । साथै फिल्मका लागी अडिसनबाट चानिएका अधिकांश कलाकारहरु पनि फाइनल गरिसकेका छन ।
फिल्मको हाल काठमाण्डौमा लोकेशन हेर्ने कार्य भैरहेको छ । अमृत अग्रवाल निर्माता रहेको फिल्म यही चैत १० गतेबाट छायाँकनमा जाँदैछ । फिल्मको छयांकन उपत्यकाकै विभिन्न स्थानहरुमा हुनेछ ।
फिल्मलाई यसअघि अन्तराल लेखेका स्क्रिप्ट राइटर अभिमन्यू निरवीले लेखेका हुन् भने गणेश श्रेष्ठले खिच्ने भएका छन । ट्रियु इन्टरनेनर्स र जीवनसाथी फिल्मसको सहकार्यमा निर्माण हुने फिल्म सामाजिक बिषय बस्तुमा रहेर निर्माण गरिएको  बताइएको छ ।

Namaste Filmy

Read Previous

एकाएक जंगिए सलमान । अक्षयकुमारसंग फिल्म खेलेनन ।

Read Next

नायिका समिक्षा अर्याललाई रिलिज नहुँदै फटाफट चलचित्र ।