बलिउडमा सलमानको आलोचना बढ्दै

Salman-Khanबलिउड स्टार सलमान खान अहिले विवादमा फसिरहेका छन । केहि दिनअघि पाकिस्तानी कलाकारको बिषयलाई लिएर उनले दिल्लीको एक कार्यक्रममा दिएको अभिब्यक्तिका कारण उनी विवादमा तानिएका हुन । भारतीय चलचित्र बिकास बोर्डले पाकिस्तानी कलाकारलाई देश छोड्न भनेसँगै सलमानले यस्तको बिपक्षमा अभिब्यक्ति दिएका थिए ।
उनले पाकिस्तानी कलाकार कुनै आतंकबादि नभएको र आतंककारीलाई जस्तो देश निकाला गर्न जायज नभएको बताएका थिए । तर उनको अहिले सबैतिर आलोचना भइरहेको छ । कतिपय बलिउड सेलेब्रेटिले नै उनको देशभक्तिमाथि प्रश्न उठाएका छन । उनलाई पाकिस्तानको साथ दिएको र ठुला सेलेब्रेटिको यस्तो अभिब्यक्तिले देशलाई कुटनितिक समस्या पर्ने आरोप लगाइएको छ ।
तर सलमान भने यस बिषयमा चुप छन । उनले कलाकारिता र युद्ध फरक भएकाले यस्तो अभिब्यक्ति दिएको प्रस्ट पारेका छन । तर आफ्नो सर्वत्र आलोचना भएपछि उनले कुनै प्रतिक्रिया दिएका छैनन् । केहि बलिउड सेलेब्रेटिले भने सलमानको साथ दिएका छन । भारत र पाकिस्तानबीच तनाव बढेपछि भारतीय चलचित्र बिकास बोर्डले पाकिस्तानी कलाकारलाई देश छोड्न भनेको हो । पाकिस्तानले भने भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएको छ । जसबाट बलिउडलाई ठुलो धक्का पुगेको छ ।

Namaste Filmy

Read Previous

'टुना मुना' पर्दामा हेर्न पाइने

Read Next

'गाजालु' निर्माताले नयाँ फिल्म बनाउने । निर्देशकलाई २५ लाख