नायिका समिक्षा अर्याललाई रिलिज नहुँदै फटाफट चलचित्र ।

राजेन्द्र कार्की,हेटौंडा ।

[dropcap][/dropcap]वनायिका समिक्षा अर्यालले चारवटा चलचित्रको सुटिङ्ग भ्याइसकेकी छिन् । अझै उनलाई चलचित्रमा प्रस्ताव आउने क्रम घटेको छैन बरु बढ्दो छ । यद्यपी उनीद्धारा अभिनित चलचित्र अहिले सम्म रिलिज भने भइसकेको छैन ।samikshyaयसरी रिलिज पूर्व नै चलचित्रमा फटाफट् प्रस्तावहरु आइरहनुमा आफ्नो शौम्यता र क्षमतालाई मान्दछिन । त्यसो त उहाँले अभिनयको प्रशिक्षणको क्रममा नै चलचित्र एक्सनबाट डेब्यू गर्ने अवसर पाएकी थिइन । त्यस पछि काले, पाप हुँदै राजु गीरीको टाइगर द रियल हिरो समेतमा अभिनय गर्न भ्याइसकेकी छिन । सानै देखि अभिनयमा रुचि राख्ने नायिका अर्याल यस क्षेत्रमा अझै शसक्तरुपमा प्रस्तुत हुन मार्शल आर्ट, विभिन्न नृत्य तथा अभिनयको निखारतामा लागि परिरहेकी छिन । सजिलो, सहयोग र आफुले मनपरेको क्षेत्रमा काम गर्न पाइरहेकोमा खुशी पनि छिन रे । आफुलाई नाङ्गेझार पार्दै कथाले मागे जति दिएँ भन्ने हरुको समय हराइसकेकोले अब शौम्य, शिक्षित र क्षमतावान नायिकाहरुको समय आएको पनि बताउन पछि पर्नु भएन ।Tiger-the real hero_first lookनवराज घिमिरेद्धारा निर्देशित चलचित्र पाप बैशाख महिनामा रिलिज हुँदै छ भने सधैं चर्चामा आइरहने निर्देशक राजु गीरीको टाइगर द रियल हिरो श्रावण महिनामा रिजिल गरिने तयारी भइरहेको छ ।

Namaste Filmy

Read Previous

'श्री ५ अम्बरे' मा थप दुई हिरोइन ।

Read Next

चलचित्र पत्रकार संघको चुनाव हुदै । अध्यक्षमा ४ जनाको उमेदवारी ।