कार्तिक २६ मा 'जंगबहादुरको कोट'

jungabahadurko kot-trailerफिल्म ‘जंगबहादुरको कोट’ले रिलिज मिति तय गरेको छ । अष्ट्रेलियाका विभिन्न स्थानमा खिचिएको फिल्म कार्तिक २६ गते रिलिज हुने भएको हो । सो मितिमा फिल्म ‘जात्रा’ पनि रिलिज हुने तय भइसकेको छ ।
फिल्मले जंगबहादुर को पालाको कथा नभई उनले प्रयोग गर्ने कोटको बिषय उठाएको बताइन्छ । युवा निर्देशक आशिष भेट्वाल फिल्मका निर्देशक हुन भने निर्माता जयन खड्का हुन् । फिल्ममा विमलेश अधिकारी, सुचित्रा आचार्य, अनुप बराल, विश्व बस्नेत, सुवांगी कोइराला, मोहन निरौलाको मुख्य अभिनय छ ।
रिलिज मिति सार्वजनिक गरिएसँगै फिल्म युनिटले पब्लिसिटीलाई तिब्रता दिएको छ । फिल्म निर्माणका अधिकांश सदस्य अष्ट्रेलियामा रहने भए पनि फिल्म रिलिजका लागि अहिले नेपाल आएका छन । फिल्म दर्शकको चाहनाअनुसार बनाउने प्रयास गरिएको र उत्कृष्ट बनेको उनीहरुको दाबी छ । फिल्ममा नायिका नन्दिता केसीको आइटम नृत्य रहेको छ ।

Namaste Filmy

Read Previous

खाडी देशमा नियमित नेपाली चलचित्र प्रदर्शन हुने

Read Next

राधाको फष्टलुक पोष्टर सार्वजनिक