'द फेमस'को ट्रेलर यस्तो । देखियो एनिमेटेड गीतहरु

the-famousचलचित्र ‘द फेमस’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । कात्र्तिक १९ गतेबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको ट्रेलरबाट फिल्म प्रेमकथामा आधारित रहेको बुझ्न सकिन्छ ।
समिर बलामी निर्देशित फिल्म बलामी फिल्म ईन्टरटेन्मेन्टको व्यानरमा बनेको हो । फिल्मका सबै गीत एनिमेशन गरिएको दाबी निर्माण युनिटले गरेका छन । जुन गीतहरुले दर्शकको मन जितिसकेको छ । ट्रेलरमा पनि एनिमेटेड गीतहरुलाई प्रथामिकता दिइएको छ ।
फिल्ममा प्रमोद खड्का, सविना कार्की, सुरबी जैन विष्ट, सोनीया जिआर, सुमन थापा, सुरेश चौधरी, रश्मी भट्ट, प्रभात बलामीलाई देखाईएको छ । डबल लभ स्टोरी र फेमली ड्रामा भनिएको फिल्मलाई अशोक कार्कीले खिचेका हुन् । टंक बुढाथोकी र सन्तोष प्रगादको संगीत चलचित्रमा रहेको छ । बाबु बलामीको द्धुन्द, सुधिर श्रेष्ठ र सुरेश चौधरीको नृत्य रहेको फिल्मका अर्का निर्माता अनिल महर्जन हुन् । फिल्मको कथा र निर्माण पनि निर्देशक बलामीकै रहेको छ । चलचित्रलाई काठमाडौंमा सुनिल मानन्धर र काठमाडौं बाहिर केदार पराजुलीले वितरण गर्ने भएका छन् । हाल चलचित्रको निर्माण पक्ष तिब्र प्रचार प्रसारमा व्यस्त भएका छन् ।

Namaste Filmy

Read Previous

निखिलले घोषणा गरे 'रुद्र' । भिलेन बन्दै उनी

Read Next

रेखाले 'कसले चोर्यो मेरो मन फेरी' बनाउने