चलचित्र पत्रकार संघको चुनाव हुदै । अध्यक्षमा ४ जनाको उमेदवारी ।

1017069_1385902674968321_75254822_n[dropcap][/dropcap]तिबेला चलचित्र पात्रकारहरुलाई चुनावको चटारोले भ्याइ नभ्याइ छ । बिहिबार हुन लागेको चलचित्र पत्रकार संघको छैटौ महाधिवेशनमा नयां नेतृत्व चयनको लागी चुनाव गर्न लागिएको हो । ५ औ अधिवेशनमा निर्वाचित कार्य समितिको कार्यकाल सकिएपछि नयां कार्यसमितिमा विभिन्न चलचित्र पत्रकारहरु विभिन्न पदको लागी चुनावी मैदानमा उत्रिने भएका छन । यसपटक चलचित्र पत्रकार संघको अध्यक्ष पदमा चार जनाको उमेदवारी परेको छ । फिल्मी खबर साप्तहिकका प्रधान सम्पादक शान्ति प्रिय, हालका उपाध्यक्ष प्रदिप निरौला, राजधानी दैनिकका डब्बु क्षेत्री संगै आर डि श्रृंखला अध्यक्षको लागी प्रत्यासी छन । यसमध्य शान्ति प्रिय चलचित्र पत्रकार संघको अध्यक्ष र महासचिव मा एक एक कार्यकाल पुरा गरिसकेका ब्यक्ति हुन ।क्रमश: शान्ति प्रिय, डब्बु क्षेत्री, प्रदिप निरौला र आर डी श्रृंखला

क्रमश: शान्ति प्रिय, डब्बु क्षेत्री, प्रदिप निरौला र आर डी श्रृंखला

त्यस्तै महाधिवेशन मा कार्यक्रम उपाध्यक्षको लागी हालका महासचिव लक्ष्मण सुवेदिको मात्र उमेदवार छ भने संगठन उपाध्यक्ष का लागी बिष्णु सुबेदि र अशोक प्यासी राईको उमेदवारी परेको छ । महासचिवको लागी भने राजन घिमिरे र सन्दिप सापकोटाको प्रतिस्पर्धा हुनेछ भने सचिवका लागी दिनेश सिटौलासंग धनवहादुर खडका वा कुबेर गिरी मध्ये एक भिडनेछन । त्यस्तै कोषाध्यक्षको लागी भने कुबेर डंगोल एक्ला उमेदवार रहेका छन ।
यता नयां कार्यसमितिको ७ सदस्यको लागी भने विजय अवाज, सुमन गैरे, नेमिष दहाल, प्रदिप कार्की, जीवन पराजुली, प्रणव सुवेदि, गीता अधिकारी तथा सुनिल भट्टको नाम परेको छ ।
हाल बिदुर गिरीको नेतृत्वमा रहेको चलचित्र पत्रकार संघको छैटौ महाधिवेशन बिहिबार हुदैछ । महाधिवेशनमा रंग पत्रकार अशोक प्यासी राई र जयन सुब्बा मानन्धरलाई चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरिदैछ भने अनन्त वाग्ले चलचित्र पत्रकारिताबाट सम्मानित हुँदैछन् ।

Namaste Filmy

Read Previous

नायिका समिक्षा अर्याललाई रिलिज नहुँदै फटाफट चलचित्र ।

Read Next

'घेराबन्दी'मा मह जोडी ।