रेखाले 'कसले चोर्यो मेरो मन फेरी' बनाउने

Nepali Actress Rekha Thapa 2सफल नायिका निर्मात्री रेखा थापाले ‘कसले चोर्यो मेरो मन फेरी’ बनाउने भएकी छिन । नयाँ फिल्मको रुपमा उनले ‘कसले चोर्यो मेरो मन फेरी’ नाम जराएकी हुन । फिल्मलाई रेखाले आफ्नो ड्रिम प्रोजेक्ट रहेको बताइन ।
७ बर्ष अघि ‘कसले चोर्यो मेरो मन’ नाममा सफल फिल्म दिएकी रेखाले सोहि नाममा फेरी थपेर फिल्म घोषणा गरेकी हुन । फिल्मलाई सबिर श्रेष्ठले निर्देशन गर्नेछन । ‘कसले चोर्यो मेरो मन’ पनि सबिरकै निर्देशन रहेको थियो । माघ बाट फ्लोरमा जाने फिल्ममा रेखा मुख्य भुमिकामा रहने नै छिन तर उनको अपोजिटमा भने को रहने निश्चित छैन ।
स्कृप्टमा फिट भएमा नवनायक वा चल्तीकै हिरो पनि फिल्ममा हुन सक्ने उनले बताइन । यसको खोजीमा पनि उनी अहिले छिन । फिल्मको अन्य टीम पनि छनौट हुने क्रममा छ । अर्को बर्षको दशैमा रिलिज लक्ष्य लिइएको फिल्म रेखा फिल्मस्को ब्यानरमा बन्नेछ ।

Namaste Filmy

Read Previous

'द फेमस'को ट्रेलर यस्तो । देखियो एनिमेटेड गीतहरु

Read Next

रिलिज अगावै 'बाहुबली २' को यस्तो रेकर्ड