'रोमियो' घोषणा । नेपाली फिल्ममा मुस्लिम हिरोइन

romeoफिल्म ‘रोमियो’को औपचारिक घोषणा गरिएको छ । बन्ने भनेर चर्चा चलेको लामो समयपछि निर्माता तथा नायक हसनराजा खानले बिहिबार राजधानीमा एक पत्रकार सम्मेलन गरि फिल्म घोषणा गरेको हो । फिल्म आउँदो सातादेखि यो चलचित्र फ्लोरमा जानेछ ।
फिल्मलाई नव–निर्देशक शंकर कार्कीले निर्देशन गर्दैछन् । सुरेश न्यौपाने, सुवास सुवेदी र रामकुमार श्रेष्ठ चलचित्रका सह–निर्देशक हुन् । चलचित्रमा मेलिना मानन्धर, हसनराज खान, नीशा अधिकारी, भानुप्रताप ढकाल, ओसिमा बनु, विपेन गुरुङ, विकास खतिवडा लगायतका कलाकारको अभिनय रहनेछ । ओशिमा बनु मुस्लिम समुदायकी हुन । जो मुस्लिम समुदायबाट पहिलोपटक नेपाली हिरोइनको रुपमा आउदैछिन । romeo1चलचिमा रामेश्वर कार्कीको छायांकन, किरण घिमिरे ‘माइकल’को लेखन, सुरेन्द्र पौडेलको सम्पादन, अष्ट महर्जन एक्सन, गम्भिर बिष्ट र विपेन गुरुङको कोरियोग्राफी रहनेछ । कार्यक्रममा नायिका नीशा अधिकारीले आफू जस्ती केटीलाई यो चलचित्रको भूमिका नसुहाएँ कसलाई सुहाउँछ भन्दै जवाफ दिइन् । उनले आफ्नो भूमिका च्यालेञ्जिङ भएको भन्दै दर्शकलाई चित्तवुझ्ने काम गर्ने बताइन् । लामो समयपछि पर्दामा देखिन लागेकी नायिका मेलिना मानन्धरले धेरै चलचित्रको अफर अस्विकार गरेपनि यसको कथावस्तु मन परेकाले काम गर्न लागेको बताइन् । उनले छोरी हुर्काउन परेकाले आफू केही समय पर्दाबाट टाढा भएको बताइन् । नायक तथा निर्माता हसनराजा खानले टिम राम्रो भएकाले पनि चलचित्र दर्शकलाई मनपर्ने बनेर आउने बताए । नव–निर्देशक शंकर कार्कीले यो एउटा प्रेम कथामा निर्माण हुन लागेको चलचित्र बताए ।
यसैविच, चलचित्रमा समावेश ल्याङ–ल्याङ बोलको गीतको अडियो सार्वजनिक गरिएको छ । यो अडियोको भिडियो बनाउनेमध्ये एकजनाको भिडियोको स्टेपलाई गीतको भिडियोमा समावेश गरिने निर्माणपक्षले बताएको छ ।

Namaste Filmy

Read Previous

मह सञ्चारले फिल्म बनाउने, निर्देशक प्रदिप भट्टराई

Read Next

'लुट २' को पहिलो गीत 'ठमेल बजार' रिलिज । भिडियो