'लुट २' को पहिलो गीत 'ठमेल बजार' रिलिज । भिडियो

loot-2बहुप्रतिक्षित मानिएको फिल्म ‘लुट २’ को पहिलो गीत ‘ठमेल बजार’ सार्वजनिक भएको छ । आकर्षक लाग्ने गीतमा मोडल एलिशा राईले आइटम नृत्य गरेकी छिन । गीतमा दयाहाङ राई, निश्चल बस्नेतलगायत पनि फिचरीङ छन । बिक्रम सवारको कोरियोग्राफी रहेको गीतमा कालीप्रसाद बाँस्कोटाको सँगीत तथा स्वर छ । उनलाई मिना निरौला र भानुभक्त ढकालले गायनमा साथ दिएका छन ।
निश्चल बस्नेत निर्देशित फिल्म निकै प्रतिक्षित छ । फिल्म केहि बर्ष अघिको सुपरहिट फिल्म लुटको सिक्वेल हो । त्यसैले लुटका अधिकांश कलाकार फिल्ममा दोहोरिएका छन । सौगात मल्ल, दयाहाङ राई, विपिन कार्की, ऋचा शर्मा, कर्मा शाक्य, प्रविण खतिवडा, सुशिलराज पाण्डे लगायतको फिल्ममा अभिनय छ । फिल्म फाल्गुन १३ मा रिलिज हुदैछ ।

Namaste Filmy

Read Previous

'रोमियो' घोषणा । नेपाली फिल्ममा मुस्लिम हिरोइन

Read Next

'कण्डम गीत' हेर्नुभयो ? भिडियो