'घेराबन्दी'मा मह जोडी ।

[dropcap]ला[/dropcap]मो समय लगाएर कथा फाइनल गरिएपछि मह जोडि फिल्ममा देखिने  भएको छ । लेखक शिवम अधिकारीले करिब एक बर्ष मिहेनत गरेर कथा, पटकथा तथा संवाद तयार पारेको फिल्मको नाम जुराइएको छ घेराबन्दी ।10007497_538822602899479_1247439659_n
अब छिट्टै छयांकन गरिने फिल्म घेराबन्दीलाई प्रदिप भट्टराईले निर्देशन गर्नेछन । फिल्म राजेन्द्र थापाको प्रस्तुतिमा बन्नेछ । फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, कोशिस क्षेत्री, निता ढुङगाना, राजाराम पौडेल लगायतको अभिनय रहनेछ । फिल्मका लागी अन्य क्रयु मेम्बरहरु फाइनल नभएपनि संगीत महेश खडका र गीत कृष्णहरी बराल को रहनेछ । करिब ६० लाख बजेटमा निर्माण हुने फिल्मको छयांकन काठमण्डौ तथा दोलखालगायतको स्थानमा गरिनेछ ।

Namaste Filmy

Read Previous

चलचित्र पत्रकार संघको चुनाव हुदै । अध्यक्षमा ४ जनाको उमेदवारी ।

Read Next

चलचित्र पत्रकार संघको अध्यक्षमा शान्ति प्रिय निर्वाचित