‘छक्का पन्जा’ले २१ हलमा गौरवमय ५१ औँ दिन मनायो

भदौ २४ गते रिलिज भएको चलचित्र ‘छक्का पन्जा’ले शनिबार २१ वटा चलचित्र हलमा ५१ दिन मनाउन सफल भएको छ ।काठमाण्डौका अधिकांश मल्टिप्लेक्स ,सिंगल हल र राजधानी बाहिरका केहि हलमा चलचित्रले ५१ दिन मनाएको छ ।नेपालको इतिहासमै सर्वाधिक व्यापार गर्ने चलचित्रको रेकर्ड बनाएको‘छक्का पन्जा’ले करिब १५ करोड बराबरको कारोबार गरेको छ ।
chakkapanja
फिल्मले मोफसल तर्फ दमक स्थित पाथिभरा हल, ईटहरी स्थित आई सिनेमा, पोखरा तर्फ बाराही र क्यूएफएक्स सिने प्लेक्स, हेटौडा ओम्याक्स, नारायणगढको ईन्द्रदेव, र क्यू.एफ.एक्स. जल्मा, नेपालगञ्जको क्यू.एफ.एक्स. बागेश्वरी सहित भैरहवा, र पर्साका दुई थिएटर गरी मोफसल तर्फ १० पर्दा र राजधानी तर्फ क्यू.एफ.एक्स. च्यानलका चार मध्ये तीन चेन लाविम,जय नेपाल र सिभिल मल , सहित अन्य मल्टीप्लेक्स बीग मुभिज,एफ.क्यूब, क्यूज क्यू.एफ.एक्स. र सिंगल स्क्रिन तर्फ गोपिकृष्ण, गुण,गंगा,बाराही, र अष्टनारायण गरी ११ पर्दा गरेर २१ पर्दामा गौरवमय ५१ औँ दिन मनाउँन सफल भएको छ ।
chakka
चलचित्रको गौरवमय ५१ औँ दिनको खुशियालीमा चलचित्रका कलाकार र निर्माणपक्ष हल-हलमा पुगेका थिए ।बिहान पशुपतिनाथ मन्दिर पुगेर चलचित्रका कलाकारले पूजा गरे । निर्देशक दीपाश्री निरौलाको साथमा कलाकार तथा निर्माता दीपकराज गिरी, प्रियंका कार्की, नम्रता सापकोटा, बर्षा राउत लगायतको टिम मन्दिर पुगेका थिए । उनीहरुले करिब १ घन्टा लगाएर पूजा गरे ।
पशुपति परिसरबाट ब्यान्ड बाजा बजाउँदै उनीहरु विभिन्न हलमा पुगिरहेका छन् । काठमाण्डौमा ५१ दिन मनाउने सबै हलमा ब्यान्ड बाजा बजाएर निर्देशक दीपाश्री निरौला ५१ दिने खुशियाली साट्न बेहुली बनेकी छिन् । उनले बिहेमा बेहुलीले लगाउने माला लगाएर हल-हलमा पुगेकी छिन् । दीपाले यो नेपाली चलचित्र क्षेत्रकै लागि खुशीको क्षण भएको बताइन् ।
फिल्म सुटिङ गरिएको काभ्रेका पाँच गाविसका बासिन्दा लक्षित गर्दै करिब १२ लाख मूल्य पर्ने एम्बुलेन्स गाउँलेका लागि किनिदिने समेत घोषणा गरेको छ ।
तस्बिर  सौजन्य : फिल्मीखबर डटकम

Namaste Filmy

Read Previous

‘लभ सासा’ को टिजर रिलिज(भिडियो सहित )

Read Next

‘कारखाना’को लिरिकल भिडियो रिलिज