चलचित्र पत्रकार संघको अध्यक्षमा शान्ति प्रिय निर्वाचित

चलचित्र पत्रकार संघको छैटौ महाधिवेशनबाट फिल्मी खबर साप्तहिकका प्रधान सम्पादक शान्ति प्रिय अध्यक्षमा निर्वाचित हुनु भएको छ ।अध्यक्षमा निर्वाचित शान्ति प्रियले खसेको मतमा ४०  मत पाएर बिजय हुनु भयो भने उहाको प्रत्यासी राजधानी दैनिकका डब्बु क्षेत्रीले  २० मत पाउनु भयो भने  ३ मत बदर भएको थियो ।
10150000_693723040680672_1364553052_n
तेस्तै उपाध्यक्षमा लक्ष्मण सुवेदी निर्विरोध निर्वाचित भएका छन् भने संगठन उपाध्यक्षमा बिष्णु सुबेदी बिजयी भएका छन् ।उपाध्यक्षमा बिष्णु सुबेदीले ३२ मतका साथ विजय हुनु भयो भने उहाको प्रत्यासी अशोक प्यासी राई २८ मतका साथ पराजय हुनु भएको थियो । त्यस्तै महासचिवमा सन्दिप सापकोटा ३३ मतका साथ निर्वाचित भएका छन् भने उनका प्रत्यासी राजन घिमिरेले २८ मत ल्याएका थिए । तेस्तै सचिव पदमा दिनेश सिटौलाले ३९ मत का निर्वाचित भएका छन् भने कुबेर गिरीले १३ र डिबी खड्का ले ८ ल्याएका थिए । ४० मतका साथ कोषाध्यक्षमा कुबेर डंगोल निर्वाचित भएका छन्  भने उहाका प्रत्यासी शारदा थापा २१ पाउनु भएको थियो ।
10009654_693726960680280_1637348368_n
तेसै गरि चलचित्र पत्रकार संघको निर्वाचनमा सदस्यहरु सुमन गैरे र किरण खनालले बराबर ३२ , गीता अधिकारीले ३१ ,बिजय आवाजले ३०,नेमिष गौतमले २९ मत ल्याएर सदस्य निर्वाचित भएका छन् ।निर्वाचनमा उठेका अन्य ६ सदस्यहरु प्रदीप कार्कीले २६,सुनील भट्टले २३ , अशेष अधिकारीले २०, जीवन पराजुलीले १८, र बिशाल राई १२,भोला सुवेदी (प्रणव) ले ७ मतका साथ निर्वाचनमा पराजित भएका छन् ।चलचित्र पत्रकार संघको निर्वाचनमा सदस्य तर्फ खसेको शतप्रतिशत (६३) मत मध्ये ३ मत बदर भएको थियो ।
10008448_693565397363103_1225822040_n
यसैगरी ९ जना केन्द्रिय पार्सद पदका लागि विदुर गिरी, दयाराम पाण्डे, नवराज लम्साल, ध्रुब लम्साल, सन्तोष रिमाल, ऋषिराम कट्टेल, अनन्त वाग्ले, नरेश भट्टराई ,कृष्ण भट्टराई  बिजय हुनु भएको छ  ।प्रदीप निरौला र अनन्त वाग्लेको बराबर मत आउदा गोल प्रथाबाट अनन्त वाग्ले विजय हुनु भएको थियो। पार्शद उम्मेदवारी दिनेमा विदुर गिरी, दयाराम पाण्डे, नवराज लम्साल, ध्रुब लम्साल, सन्तोष रिमाल, प्रदीप निरौला, डी.पी. शाह, आरडी श्रृङखला, राजेश खनाल, ऋषिराम कट्टेल, अनन्त वाग्ले, सुमन बैरागी , जयन सुब्बा मानन्धर, नरेश भट्टराई ,कृष्ण भट्टराई रहनु भएको थियो ।
10008583_693564530696523_1411810110_n
चलचित्र पत्रकारसंघको छैठौ बार्षिकोत्सवको अबसरमा आयोजित कार्यक्रमबाट अन्नपूर्ण पोष्टमा कार्यरत बरिष्ठ पत्रकार अनन्त वाग्लेलाई चलचित्र पत्रकारिता पुरस्कार २०७० बाट सम्मान गरिएको छ भने एवं सोही संस्थामा कार्यरत अर्का पत्रकार अशोक प्यासी राई र शुक्रबार साप्ताहिकमा कार्यरत जयन सुब्बा मानन्धरलाई पुरस्कार सहित सम्मानित गरियो । पुरस्कृत हुने राई र सुब्बालाई नगद १५ हजार ५ सय ५५ रुपैयाको राशि प्रदान गरिएको छ ।
10008495_693723037347339_1412738098_n

Namaste Filmy

Read Previous

'घेराबन्दी'मा मह जोडी ।

Read Next

फ्राइडे रिलिज : "फिटकिरी"