नवल खड्काको अध्यक्षतामा नया निर्माता संघ खुल्यो

पुरानो निर्माता संघले मन परि तरिकाले संघ चलाउनुको साथै नेपाल चलचित्र निर्माता संघको खातामा रहेको २० लाख रुपैयाँभन्दा बढी हिनामिना भएको भन्दै संघविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी हालेका निर्माता नवल खड्काको अध्यक्षतामा निर्माताहरूको नयाँ संघ खुलेको हो ।
राजकुमार राई अध्यक्ष रहेको नेपाल चलचित्र निर्माता संघ धेरै समय अघि बाट निस्क्रिय अबस्थामा रहनुको साथै लाखौं रुपैयाँ हिनामिना गरिएको, नेपाली चलचित्रका निर्माताको हकमा संघले काम नगरेको, संघलाई पूर्णनिष्क्रिय तुल्याएर त्यसको अस्तित्व मेट्ने तयारी गरिएको जस्ता विभिन्न कारणले गर्दा हामीले नेपाली चलचित्रका निर्माताको हक हितका लागि चलचित्र निर्माता संघ नेपाल खोलेको अध्यक्ष खड्काले जानकारी दिनु भयो ।
chalchitra-nirmata-sangh-nepal
संघका वरिष्ठ उपाध्यक्षसहित अन्य सदस्यले अर्को निर्माता संघ खोलेका छन् । गत वैशाखमै अधिवेशन गरेर नयाँ कार्यसमितिलाई संघ जिम्मा लगाउनुपर्नेमा पटकपटक निर्वाचन सारिरहेको अहिलेको कार्यसमितिले अन्तत संघ विभाजनको अवस्था यतिबेला झेल्नुपरेको छ ।
नयां संघका महासचिव बिमल पौडेलले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै नेपाली चलचित्रका निर्माताहरूको संघ खुलेको जानकारी गराएका छन् । नयाँ खुलेका ‘चलचित्र निर्माता संघ, नेपालमा नवल खड्काको अध्यक्षतामा १९ जनाको केन्द्रीय कार्यसमिति चयन गरिएको छ । यसअघि नेपाल चलचित्र कलाकार संघका अध्यक्षसमेत भइसकेका खड्का नेपाल चलचित्र निर्माता संघका विभिन्न पदमा रहिसकेका छन् ।
यो नयाँ संघको सहअध्यक्षमा उदय सुब्बा इङनाम, वरिष्ठ उपाध्यक्षमा सुस्मिता केसी, उपाध्यक्षमा हिक्मत थपलिया, महासचिवमा बिमल पौडेल, सचिवमा मनोज श्रेष्ठ, सहसचिवमा किसान पोखरेल, कोषाध्यक्षमा डिक खड्का र सहकोषाध्यक्षमा कृषा चौलागाई रहेका छन् ।
संघको केन्द्रीय सदस्यहरूमा मुनाल घिमिरे, भूपेन्द्र लिङदेन, गंगाप्रसाद पोखरेल, अर्जुन कार्की, मदनकुमार इङनाम, रामकृष्ण न्यौपाने, निरज ढकाल, निर्मल लामा, वीरेन्द्र सिंह रहेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा विधिवत दर्ता भएको यस संघको दर्ता नम्बर १५७९८८÷०७३÷०७४ रहेको छ ।
नवगठित निर्माता संघद्वारा बिहीबार जारी विज्ञप्तिमा लेखिएको छ, ‘अबको चलचित्र क्षेत्र दलालको पक्षमा हुनुहुन्न, व्यावसायिक तवरले निर्माताको पक्षमा र राष्ट्रियताको पक्षमा हुनपर्छ ।’
यस्तै, विदेशी चलचित्रको प्रदर्शन हकमा कोटाप्रथा लागू हुनुपर्ने, व्यावसायिक पारदर्शिता (बक्स अफिस) लागू गर्नुपर्ने, आदिवासी, जनजाति र मौलिक चलचित्र निर्माण तथा प्रदर्शनमा राज्यले स्थान दिनुपर्ने तथा संरक्षण गर्नुपर्ने नयाँ संघले जनाएको छ ।
यस्तै, अहिलेको चलचित्र नीतिलाई पुनरावलोकन गरी पुनर्निर्माण गर्ने र कार्यान्वयनतर्फ उन्मुख हुनुपर्ने पनि यस संघले विज्ञप्तिमार्फत जनाएको छ । यी विविध पक्षका लागि नेपाली चलचित्र निर्माताको हितमा नयाँ संघ निर्माण गर्नुपर्ने अवस्था आएकाले ‘चलचित्र निर्माता संघ नेपाल’ स्थापना गरिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

Namaste Filmy

Read Previous

धरानमा ‘पार्सल’को गीत, प्रोमो र पोस्टर सार्वजनिक(भिडियो)

Read Next

चर्चामा 'लभ लभ लभ' ,गोसाइँकुण्डमा नौ दिनमा एउटा गीत छायांकन