
‘रुट नं २३’को नाममा अब चलचित्र निर्माण हुने भएको छ । संचारकर्मी तथा निर्देशक समिर बलामीको निर्देशन चलचित्र बन्ने भएको हो ।
२०६२ सालमा बालाजु औद्योगिक क्षेत्र अगाडी भएको माइक्रो बसको बम बिस्पोटको कथामा चलचित्र बन्न लगेको हो । रुट नं २३ को माइक्रोको उक्त घटना भएकोले उक्त फिल्मको नाम पनि ‘रुट नं २३’ राखिएको छ ।
यो चलचित्रलाई हस्पिटलिटि क्षेत्रमा लामो समय देखी कार्यरत राजेन्द्र त्रिपाठीले लगानी गर्दैछन् । आगामी फागुन १ गते देखी फ्लोरमा जाने फिल्मको फस्ट लुक सार्वजनिक पनि एकै दिन गरिने छ ।
फिल्म ‘रुट नं २३’ मा ११ जना मुख्य कलाकारहरु रहने बताईएको छ, जसमा सबै चलेका कलाकारहरु हुने छन । तर उनीहरु को को हुन् भन्ने कुरा खुलाईएको छैन । फिल्ममा भारत बाट छ बर्ष डान्स क्लास सिकेर आएक सुधिर श्रेष्ठ अनुबन्धित भईसकेका छन । यो फिल्म झन्डै डेढ करोड बजेटमा बन्ने बताईएको छ ।
निर्देशक बलामीले आफुले निर्देशन गरेका अन्य आधा दर्जन फिल्म भन्दा ‘रुट नं २३’ फरक एबं बिशेष रहने बताउदै, फिल्मले ड्राइभर खलासीको कथा बोल्ने भन्दै फिल्मकै लागी आफु समेत खलासी बनेको बताए ।
बुधबार मध्य बानेश्वर स्थित डाईनिंग पार्क होटेलमा एक कार्यक्रमको आयोजना गरि फिल्म युनिटले निर्देशक बलामीको जन्म दिनको केक काट्दै यो फिल्मको घोषणा गरेको हो । कार्यक्रममा फिल्मकर्मी तथा सांसद रामबिर मानन्धर, विकास बोर्ड सदस्य उत्तम केसी, निर्देशक समाजकी अध्यक्ष सुचित्रा श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।‘रुट नं २३’ आगामी वर्षको फूलपातीमा रिलिज गर्ने बताईएको छ, फिल्ममा महेशराज ढकाल, विक्रम श्रेष्ठ र दिपेन्द्र शाक्यको पनि लगानी रहने छ ।

