‘जात्रा’ युनिट देश दौडाहामा

गत शुक्रबार देखी देशभर एकैसाथ प्रर्दशनमा आएको नेपाली कथानक चलचित्र जात्रा को निर्माण टोली देश दौडाहामा निश्किएको छ ।चलचित्रले शुरुवाती समय राम्रो ब्यापार गरेको छ । चलचित्रको निर्माण टोली देशदौडाहाका क्रममा आज चितवन आइपुगेको छ । चलचित्र निर्माण टोलीले आज नारायणगढमा पत्रकारहरुसंग चलचित्रका बारेमा छलफल गरेको छ ।
jatraमह संचारमा निकै लामो समय निर्देशकको रुपमा काम गरेका प्रदिप भट्टराईले पहिलो पटक निर्देशन गरेका चलचित्र जात्राले चौतफी तारिफ पाएको छ । चलचित्रका मुख्य कलाकार बिपिन कार्की, रविन्द्रसिंह बानियां, बर्षा राउत, रविन्द्र झाले चलचित्रको बारेमा पत्रकारको प्रस्नको जबाफ दिएका थिए ।
चलचित्रले एकसातामै १ करोड भन्दाबढी कलेक्सन भएको जनाएको छ । मोफसलमा चलचित्रको प्रभाब कम परेकालेआफुहरु देश दौडाहामा निश्किएको चलचित्रका निर्माता रविन्द्रसिंह बानियांले जानकारी दिनुभयो । पैसा नहुदाको टोकसो र अनपेक्षित रुपमा पैसा पाउंदा त्यसको व्यवस्थानका लागि न्युरोडका तीन व्यापारीले झेल्नु परको कथा नै जात्रा को मुख्य कथा हो ।

Namaste Filmy

Read Previous

पोखरामा चलचित्र पत्रकारिता कार्यशाला सुरु

Read Next

गुरुङ फिल्मको अवार्ड हुदै