'तरकारीवाली'लाई पढाउने सम्झौता

img_20161123_093700सामाजिक सञ्चालनमा ‘तरकारीवाली’को नाममा भाइरल बनेर चर्चा कमाएकी कुशुम श्रेष्ठलाई स्नातकोत्तर सम्म पढाउन छात्रावृत्ती सम्झौता गरिएको छ । गोरखाको भूम्लीचोक गाविस वडा नं.८ स्थायी घर घएकी कुसुम रत्ननगरको क्वेष्ट मोडल कलेजमा कक्षा ११ मा व्यवस्थापन संकाय विषय लिएर अध्ययन गरिरहेकी छन । उनलाई क्वेष्ट मोडल कलेजमा कक्षा ११ र १२ अध्ययनको लागि कलेजले ५० प्रतिशत र नेपाली फिल्म निर्माण कम्पनी पपुलर मल्टिमिडिया प्रा.लिले ५० प्रतिशत छात्राबृत्ती उपलब्ध गराउने सम्झौता गरिएको छ । सो कलेजमा अध्ययनको लागि कुसुम, उनका काका गोपिलाल श्रेष्ठ र पपुलर मल्टिमिडिया प्रा.लिका अध्यक्ष शक्ति बल्दब घोरासैनीले सयुक्त रुपमा सम्झौता पत्रमा हस्ताक्षर गरी सो पत्र कलेजका प्राचार्य जगदिशचन्द्र शर्मालाई हस्तान्तरण गरिएको थियो । img_20161123_093602कुसुमलाई मेघा कलेज काठमाडौंले स्नातक र स्नातकोत्तर निशुल्क पढाउने भएको छ । त्यसका लागि रत्ननगरमा आयोजिक कार्यक्रममा मेघा कलेजका कार्यकारी निर्देशक गोपाल खनाल,पपुलर मल्टिमिडियाका अध्यक्ष घोरासैनी र कुसुमले सयुक्त रुपमा सम्झौता पत्रमा हस्ताक्षर गरेका छन । ११ र १२ कक्षा पुरा गरिसकेपछि कुशुमले स्नातक र स्नातकोत्तर काठमाडौंको मेघा कलेजमा पढने छन । त्यसैगरी चलचित्र निर्माता पुनम क्षेत्री गौतमले तरकारीवालीलाई शिक्षण शुल्क सहयोग गरेकी छन । सो अबसरमा कुसुमले सबै भन्दा पहिला आफुले अध्यायनलाई पुरा गर्ने र त्यसपछि कुन क्षेत्रमा लाग्ने भन्ने निचोडमा पुग्ने बताईन ।

कार्यक्रममा क्वेष्ट मोडल कलेजका प्राचार्य शर्माले कुशुमलाई कलेजले ब्राण्ड एक्बेष्टर घोषणा गरेका थिए । उनले कलेजका हरेक प्रमोसन गतिविधिमा कुसुमलाई समावेश गरिने जानकारी दिए । कुशुमका काका गोपिलाल श्रेष्ठले कुशुमका बुवाआमा र उसको परिवारको इज्जतका ठेस नलाग्ने गरी प्रचारप्रसाद गरिदिन सञ्चारकर्मीहरुलाई आग्रह गरे । कार्यक्रममा रिलेशन एफएमका अध्यक्ष अनिल अधिकारी र प्रबन्ध निर्देशक रमेश लोहनीले सञ्चारमाध्यमबाट कुसुमलाई हुन सक्ने सबै खालको सहयोग गर्न तयार रहेको प्रतिक्रिया दिए ।

साहित्यकार एलवी क्षेत्री प्रमुख अतिथि रहेको सो कार्यक्रमम पत्रकार महासंघ चितवनका अध्यक्ष होमनाथ सापकोटा चलचित्र निर्माता पुनम क्षेत्री गौतम लगायतले वोलेका थिए । कार्यक्रम पपुलर मल्टिमिडिया प्रा.लिका अध्यक्ष शक्ति बल्दब घोरासैनीको अध्यक्षतामा भएको थियो ।

Namaste Filmy

Read Previous

'शब्द'को टिजर र गीत सार्वजनिक (भिडियो)

Read Next

गायक टंक बुढाथोकीले हाँस्न सिकाउनेलाई पच्चीस हजार दिने (भिडियो)