अनमोल केसीको ‘कृ’भदौ १६ मा रिलिज हुने

नायक अनमोल केसीको नयाँ चलचित्र ‘कृ’को प्रदर्शन मिति तय गरिएको छ ।चलचित्रको छायांकन सुरु न हुदै चलचित्रको रिलिज मिति तय गरिएको हो ।फागुणको पहिलो साताबाट छायांकनमा जान लागेको ‘कृ’चलचित्रका निर्माता सुवास गिरीले आउँदो बर्षको भदौ १६ गतेबाट यो चलचित्र देशभर रिलिज हुने जानकारी दिएका छन् ।
anmol n subas
सुवासले भने-‘हामीले छायांकन अगावै प्रदर्शन मिति तय गरेका छौ । भदौमा पर्ने विभिन्न सार्वजनिक बिदा र दशैलाई लक्षित गरेर भदौ १६ लाई प्रदर्शन मिति तय गरिएको हो ।’
यो चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गर्दैछन् । सुवास इन्टरटेन्मेन्टको निर्माण र द सुपर काजोल फिल्मस्को प्रस्तुतीमा यो चलचित्र निर्माण हुन लागेको हो । चलचित्रमा सुवास गिरी र नायक भूवन केसीको लगानी रहनेछ । चलचित्रको कार्यकारी निर्मातामा कमल गिरी, सह-निर्मातामा श्री पराजुली रहेका छन् ।
चलचित्रमा नायक अनमोल केसी र नव-नायिका अदिती वुढाथोकीको मुख्य भूमिका रहनेछ । यहि, चलचित्रका लागि नायक केसी अहिले शरीर बनाउन लागिपरेका छन् ।

Namaste Filmy

Read Previous

निर्माता संघको निर्वाचनका लागि आकास अधिकारीद्धारा प्यानल घोषणा

Read Next

२ पुसमा हुने भनिएको निर्माता संघको निर्वाचन रोक्न सीडीओको पत्र