
अक्षय कुमारको अभिनय रहेको बहुप्रतीक्षित चलचित्र ‘जॉली एलएलबी 2’को पोस्टर सार्वजनिक गरिएको छ ।१० फरवरी, २०१७मा रिलिज हुने यस चलचित्रमा अक्षय वकीलको भूमिकामा देखा पर्दै छन् ।
‘जॉली एलएलबी 2’लाई सुभाष कपूरले निर्देशन गर्नु भएको हो ।चलचित्रमा अक्षय कुमार सगै हुमा कुरैशीको पनि मुख्य भूमिका रहेको छ ।सार्वजनिक पोस्टरमा अक्षयलाई स्कूटर चलाएर देख्न सकिन्छ ।यस चलचित्र २०१३ मा प्रदर्शनमा आएको चलचित्र ‘जॉली एलएलबी’को सीक्वलको रुपमा निर्माण गरिएको हो । ‘जॉली एलएलबी’ मा भने अरशद वारसी र बमन ईरानीको मुख्य भूमिका रहेको थियो ।

