निर्मात्री दुर्गिश थापाको जन्मदिन पारेर 'सायद २'को रिलिज मिति तय

चलचित्र ‘सायद २’ को निर्मात्री दुर्गिश थापाको जन्मदिन अबसर पारेर चलचित्रको रिलिज मिति तय गरिएको छ ।निर्मात्री दुर्गिश थापाको जन्मदिन पारेर चलचित्र यहि चैत ४ गतेलाई प्रदर्शन गरिने पक्का भएको छ ।
sayad 2
एसएलसी परिक्षाभन्दा दुई साता अघि नै डेट निर्धारण गरिएको निर्माता सुनिल रावलले बताए । ‘एसएलसीलाई मध्यनजर राख्दै डेट तोकेका छौं’ रावलले भने, ‘टीनएज लक्षित फिल्म भएकाले पनि उक्त मिति हाम्रा लागि सान्दर्भिक हुनेछ ।’
प्रतिक्षित फिल्मको रुपमा हेरिएको यस चलचित्रमा सुशिल श्रेष्ठ, अमित ढुङगाना , निशा कार्की, कुशल पाण्डे, सुनिल रावल लगायतको फिल्ममा अभिनय रहेको छ । फिल्मलाई बलिउडका ठुला फिल्ममा सहायकको रुपमा काम गरीसकेका पुष्पराज न्यौपानेले निर्देशन गरेका छन ।
दुर्गिश फिल्मसले सिनेमाको अन्तराष्ट्रिय रिलिज मिति र राइट विक्रीबारे पनि उल्लेख गरेको छ । नमस्ते इन्टरटेनमेन्टलाई अष्ट्रेलिया राइट १६ लाखमा विक्री गरिएको रावलले बताए । जापानमा सुवास लामिछानेलाई ८ लाख, न्यूजिल्यान्डमा विक्की प्रधानलाई १ लाख, क्यानडामा सुजन कुवँरलाई २ लाखमा विक्री गरिएको उल्लेख छ ।
उमेश रावलले अमेरिकाको लागि १६ लाखमा राइट खरिद गरेका छन् । पोर्चुगलमा शान्ता रुम्बाले २ लाख, हङकङमा प्रवेश गुरुङले ४ लाखमा राइट खरिद गरेको रावलले बताए । हङकङमा जनवरी २ मा फिल्म प्रिमियर हुँदैछ । ‘थप देशमा विक्री हुँदैछ’ उनले भने ।

Namaste Filmy

Read Previous

अक्षय कुमारको फिल्म ‘जॉली एलएलबी 2’को पोस्टर सार्वजनिक

Read Next

‘दर्पणछाँया २’ को गीत सार्वजनिक (भिडियो)