फ्राइडे रिलिज : "फिटकिरी"

फ्राइडे रिलिज : फ्राइडे रिलिज अन्तर्गत यो साता अर्थात चैत्र ७ गते गते एउटा मात्रै चलचित्र ’फिटकिरी” प्रदर्शनमा आएको छ ।
यसपटकको फ्राइडे रिलिजमा रहेका चलचित्र ’फिटकिरी” को बारे बिस्तृत जानकारी प्रकाशन गरेका छौ :

“फिटकिरी”

1524796_704860496230759_321677937_n
अनुप बरालको डेब्यु निर्देशन रहेको चलचित्र “फिटकिरी”फ्राइडे रिलिज अन्तर्गत आज बाट देशक करिब ७० सिनेमा घर बाट प्रदर्शनमा आएको छ । शहरमा घट्ने अपराधिक घटनालाई मुख्य विषय बनाइएको फिल्ममा सौगात मल्ल , दिया मास्के , निश्चल बस्नेत , शान्ति गिरि , लक्ष्मी गिरि , धिरेन्द्र प्रेम हर्सि , रमेश रंजन झा आदिको अभिनय रहेको छ । । ‘फिटकिरी’ लाई अर्जुन कुमार र सुमित मैनालीले संयुक्त रुपमा निर्माण गरेका हुन् ।पुरुषोत्तम प्रधानको छायांकन ,गिरिश खातिवोड़ा संगीत , प्रविन मानन्धर र निमेष श्रेष्ठको सम्पादन, यांगेशको लेखन रहेको सो चलचित्र मेघा इन्टरटेन्मेनटको ब्यानरमा निर्मित गरिएको छ । प्रदर्शन अगावै विभिन्न देशमा चलचित्र प्रदर्शनाधिकार दिएर मोटो रकम हात परेको दाबी गरेको चलचित्र “फिटकिरी” को प्रचारप्रसार सहित ७० लाख निर्माण लागत भएको निर्माण युनिटले दाबी गरिएको छ ।

Namaste Filmy

Read Previous

चलचित्र पत्रकार संघको अध्यक्षमा शान्ति प्रिय निर्वाचित

Read Next

नायिका अनु शाह नक्कली मायालु !!! (भिडियो सहित )