रेखा थापा आज माओवादी छोडेर राप्रपा प्रवेश गर्दै ,सामाजिक सञ्जालमा ब्यापक आलोचना

माधवकुमार नेपालको सरकारका पालामा माओवादीले आयोजना गरेको सडक आन्दोलनका क्रममा प्रचण्डसँग सडकमा नाचेर चर्चामा आएकी नायिका रेखा थापाले नेकपा माओवादी केन्द्र छाडेकी छन् ।
Nepali Actress Rekha Thapa 3आज सोमबार राजधानीमा एक कार्यक्रमको बीच रेखा थापा राप्रपा प्रवेश गर्ने भएकी छन् ।राप्रपाका अध्यक्ष कमल थापाको हात बाट टिक लगाउदै रेखा राप्रपा प्रवेश गर्दै छिन । सोमबार बसने राप्रपाको केन्द्रीय कार्यसमिति बैठक अघि नै रेखा लाई पाटी प्रबेश गराउन लागिएको हो ।
त मंसिर ६ गते राप्रपा प्रवेश गरेकी गायिका कोमल वलीले राप्रपा प्रवेश गराउन मुख्य भूमिका खेलेको बताइन्छ ।माओवादी पार्टीबाट राजनीती सगै देशको सेवा गर्छु भनेकी रेखाले किन माओवादी छोडिन अहिले सबैलाई चर्चाको बिषय बनेको छ ।
हुन त फ़िल्मी नगरिमा रेखा थापा आफ्नो फ़ायदा बेगार कोही कसै सैग पनि संगत नगर्ने भएकोले राप्रपा प्रवेशमाँ पनि उनको कुनै फ़ायदा हुन सक्ने अनुमान लगाउन थालिएको छ । प्रचण्डसँग सडकमा नाचेर चर्चामा आएकी रेखा फेरी कमल थापा सैग पनि नाच्ने त हैन भनेर सामाजिक सञ्जालमा समेत उडाउन थालिएको छ।

Namaste Filmy

Read Previous

फागुन ६ मा आउने भयो 'मेरो देश',टिजर र पोस्टर सार्बजनिक (भिडियो)

Read Next

सुदर्शन थापाको ‘म यस्तो गीत गाउँछु’को छायांकन माघ २१बाट