रेखा र सविनको ‘हिरो रिटन्र्स’को टाइटल गीत सार्वजनिक (अडियो सहित )

नायक सविन श्रेष्ठको निर्माण रहेको चलचित्र ‘हिरो रिटन्र्स’को टाइटल अडियो गीत सार्वजनिक गरिएको छ।सार्वजनिक गीतम टंक बुढाथोकीको शब्द ,संगीत र स्वर रहेको छ ।प्रस्तुति गीतमा टंक सगै मनीषा पोखरेलको पानी आवाज रहेको छ ।चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।
hero-herturnsचलचित्रलाई आशिष भेटवालले निर्देशन गरेका हुन ।चलचित्रमा सविनसगै चन्द्र गौतम,सहदेव गौतम र भिम न्यौपानेको पनि लगानी रहनेछ ।अमित श्रेष्ठचलचित्रको कार्यकारी निर्माताको रुपमा रहेका छन ।
‘हिरो रिटन्र्स’मा रेखा थापा, सविन श्रेष्ठ,सरोज खनाल, दिल श्रेष्ठ,इकू सूर्यमान ,सुसान्त श्रेष्ठ, किरण थापा लगायतको अभिनय रहेको छ ।
कमेडी एक्सन जनरामा बन्ने चलचित्रमा शिवम अधिकारीको कथा, मदनकाश्यप घिमिरेको छायांकन, दिपक शर्मा र टंक बुढाथोकीको संगीत, चन्द्र पन्तको एक्सन, मित्र गुरुङको सम्पादन रहेको छ ।नवराज शर्मा चलचित्रका सह–निर्देशक हुन् ।चलचित्रको रिलीज मिति छिटै तय गरिने नायक तथा प्रस्तुतकर्ता सविन श्रेष्ठले हामी सगको कुराकानीमा बताउनु भयो।

Namaste Filmy

Read Previous

ब्यवसायिक रुपमा असफल भयो 'सेतो सूर्य'

Read Next

वैशाख २९ मा आउने भयो ‘रोमियो’