वैशाख २९ मा आउने भयो ‘रोमियो’

चलचित्र ‘रोमियो’को रिलीज मिति तय गरिएको छ।हाल सम्पादन भैरहेको चलचित्र ‘रोमियो’२०७२ सालको वैशाख २९ गते बाट प्रदर्शन आउने भएको छ ।
15571052_10155041676072638_801809621_nएचआरके प्रोडक्शनको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई शंकर कार्कीले निर्देशन गरेका हुन् ।चलचित्रमा नीशा अधिकारी, हसनराजा खान, मेलिना मानन्धर, ओसिमा बानु लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।
चलचित्रमा समावेश ‘ल्याङ ल्याङ’ बोलको अडियोले अहिले युटुबमा चर्चा पाइरहेको छ । चलचित्रका बारेमा नायिका नीशा अधिकारी भन्छिन्–‘मलाई यो चलचित्रको भूमिका निकै च्यालेञ्जिङ लाग्यो । दर्शकले मलाई चलचित्रमा भिन्न भूमिकामा देख्न पाउनु हुनेछ ।’निर्माता तथा नायक हसनराजा खानले चलचित्रबाट दर्शक निराश नहुने र पूर्ण मनोरञ्जन गर्ने दाबी गरे ।

Namaste Filmy

Read Previous

रेखा र सविनको ‘हिरो रिटन्र्स’को टाइटल गीत सार्वजनिक (अडियो सहित )

Read Next

सञ्चारकर्मी मनोज थापाको 'रहर' सार्वजनिक (भिडियो )