‘डायरी’को आईटम गीत सार्वजनिक (भिडियो )

नायिका छुल्ठिम गुरुङ डिम्डुङ निर्मात्री रहेको फिल्म ‘डायरी’को आईटम गीत सार्वजनिक भएको छ ।सार्वजनिक ‘पैसा न कौडी बजार बजार दौडी… ‘बोलको  गीतमा अभिनेत्री छुल्ठिम गुरुङ उर्फ डल्लीले कम्मर मर्काएकी छिन् ।
dairiगीतमा छुल्ठिमसँगै रेखा थापा अनि डेब्यू अभिनेता सन्नी सिंह दर्जन बराबर कोरससँग फिचरिङमा छन् । फिल्ममा रेखा थापा रानी नामको शक्तिशाली पात्रको भुमिकामा देखिन्छन ।रेशम पुनको आवाज ,निखिल बिस्वासको शब्द र संगीत रहेको यास गीतमा कोरियोग्राफी गम्भिर बिष्टको छ ।
प्रेमकै कथा बोकेको फिल्मलाई अनिल योञ्जनले निर्देशन गरेका हुन । अनिल फिल्मको निर्माता पनि हुन । एयर क्रिऊ र छुल्ठिम इन्टरटेन्टमेन्टको ब्यानरमा बनेको फिल्म चैत्र ११ रिलिज हुदैछ ।

Namaste Filmy

Read Previous

पौष १४मा डि’ सेलिब्रेटी रनवे हुने

Read Next

'प्रेमगीत २' युनिटको गाडि दुर्घटना