'प्रेमगीत २' युनिटको गाडि दुर्घटना

चलचित्र ‘प्रेम गीत २’ युनिटको गाडि दुर्घटनामा परेको छ । बुधबार बिहान छयांकनको लागि पोखरा जाने क्रममा गाडि धादिङमा दुर्घटनमा परेको हो । धादिङको गल्छिनजिकै भएको दुर्घटनामा फिल्मका निर्माता सन्तोष सेन र निर्देशक रामशरण पाठक घाइते भएका छन । निर्माता सेन आफैले ड्राइभ गरेको कार एक मालबाहक ट्रकसँग ठोक्किएको हो ।
कारमा सेन र पाठकसँगै फिल्मका हिरो प्रदिप खड्का र कैलाश कट्वाल सवार थिए । खड्का र कट्वाललाई भने सामन्य चोट मात्र लागेको बताइएको छ । घाइते सेन लाई अपरेशनको लागि बिएण्डबी अस्पताल लगिएको छ, पाठक भने ट्रमा सेन्टरमा उपचाररत रहेको बताइएको छ ।

बिस्तृतका लागि  भिडियो हेर्नुस :

Namaste Filmy

Read Previous

‘डायरी’को आईटम गीत सार्वजनिक (भिडियो )

Read Next

‘छक्का पन्जा’ले प्राविधिकलाई वोनस बाँढ्दै मनायो सय दिनको खुसीयाली