
आमिर खानको अभिनय रहेको चलचित्र ‘दंगल’ले पहिलो दिन शानदार कमाई गरेको छ ।भारतमा नोटवन्दीले गर्दा केहि चलचित्रको सोचे जस्तो ब्यबसाय नभए पनि ‘दंगल’ले भने पहिलो दिन राम्रो कमाई गरेको छ ।
चलचित्रले पहिलो दिन २९.७८ करोडको ब्यबसाय गरेको छ ।यो कलेक्सन भारतमा मात्रै हो ।भारतका ४२ सय हलमा रिलिज गरिएको ‘दंगल’लाई दर्शकले खुबै रुचाएका छन् । २ बर्षपछि आमिर खान नया चलचित्र रिलीज भएको हो ।चलचित्रले विश्वभरी कमाएको रिपोट भने सार्वजनिक गरिएको छैन ।
समीक्ष्यकको नजरमा समेत उत्कृष्ट मानिएको ‘दंगल’ले पहिलो तीन दिनमा सय करोड़ कमाउने अनुमान गरिएको छ ।फिल्मलाई नितेश तिवारीले निर्देशन गरेका हुन । फिल्ममा आमिर खान सगै राजकुमार राव, गौतम गुलाटि लगायतको पनि अभिनय रहेको छ ।चलचित्रलाई आमिर खानले नै निर्माण गरेका हुन।

