सलमानको ‘सुल्तान’लाई पछि पर्दे आमिरको ‘दंगल’ले तीन दिनमा कमायो १०६.९५ करोड़

आमिर खानको नया चलचित्र ‘दंगल’ले तीन दिनमै उत्कृष्ट कमाई गरेको छ ।चलचित्रले तीन दिनमा नै सय करोड़ माथिको व्यापार गरेको।ओपनिङ २९.७८ करोड गरेको फिल्मले शनिबार ३४.८२ करोडको कमाइ गरेको हो ।त्यस्तै चलचित्रले आइतबार ४२.३५ करोड़को कलेक्सन गरेर सय करोड़ क्लबमा समाबेश भएको छ।चलचित्रले भारतीय बॉक्स ऑफिसमा पहिलो तीन दिनमा १०६.९५ करोड़ कमाएको छ ।
amir-dangalसलमान खानको ‘सुल्तान’फिल्मले तीन दिनमा कमाएको १०५ करोड़को रेकार्डलाई पछि पर्दे यो बर्ष पहिलो तीन दिनमा धेरै ब्यापार गर्ने चलचित्र बनेको छ ‘दंगल’ । आमिर खानको यास अघि २०१४मा पीके,२०१३मा‘धूम 2’,२००९ मा‘थ्री इडियट्स’ र २००८ मा ‘गजनी’ले सय करोड माथिको ब्यापार गरेका थिए।
फिल्मलाई नितेश तिवारीले निर्देशन गरेका हुन । फिल्ममा आमिर खान सगै राजकुमार राव, गौतम गुलाटि लगायतको पनि अभिनय रहेको छ ।चलचित्रलाई आमिर खानले नै निर्माण गरेका हुन।

Namaste Filmy

Read Previous

‘लभ सासा’को गीत सार्वजनिक (भिडियो)

Read Next

चलचित्र ‘लेक साइड’को टाइटल गीत सार्वजनिक (भिडियो)