निर्माता संघको चुनाव रोक्न पाटन अदालतद्धारा अन्तरिम आदेश जारी

केहि समय अघि देखि विवादमा फसेको नेपाल चलचित्र निर्माता संघको साधारणसभा सहितको चुनाव रोक्न अन्तरिम आदेश जारी गरेको छ । उच्च अदालत पाटनका न्यायाधिश उमेशराज पौडेलको एकल इजलाशले बुधवार नेपाल चलचित्र निर्मार्ता संघको नाममा यस्तो आदेश दिएको हो ।
अदालतले निर्माता संघलाई १५ दिनभित्र अदालतमा उपस्थित हुन समेत आदेश गरेको छ । यस अगाडि कार्यसमिति निर्वाचन रोक्न जिल्ला प्रशासन कार्यालय काठमाडौले पनि पत्रचार गरेको थियो । संघमा भएको भ्रष्टाचार र काम कारबाही प्रति केही सदस्यले असन्टुष्टी जनाउँदै उजुरी दर्ता गराए लगतै जिल्ला प्रशासन कार्यालयले यस्तो पत्राचार गरेको हो ।
निर्माता संघको भवन निर्माण कोष र उधारो सदस्यता वापतको लाखौ रुपैयाँ आर्थिक हिनहिना गरेर लामो समय सम्म संस्थालाई नवीकरण नगरी बसेको पुरानो निर्माता संघले, उक्त रकम फर्च्यूट नगरी साधारण सभा राख्न खोजेको थियो ।
nawal-khadka-1
पुरानो निर्माता संघले काठमाडौ जिल्ला प्रशासन कार्यालयको आदेश पछि केहि रकम बुझाएर साधारण सभा गर्न खोजेको थियो । तर ,पुःन नेपाल चलचित्र निर्माता संघको साधारण सभा सहितको चुनाव उच्च अदालत पाटनद्धारा अन्तरिम आदेश जारी गरी रोक्का गरेको छ ।
भ्रष्ट्राचार गरेको ६ लाख रुपैया तिरे पछि बिभिन्न शक्तिकेन्द्रहरुको दवावमा १५ दिन भित्र जि.प्र.का. को साधारण सभा गर्न दिने निर्णय भएता पनि भ्रष्ट्राचार गरेको थप २६ लाख भन्दा बढी रुपैयाँ तिर्न बाँकी देखिएको र विधान अनुसार प्रक्रिया नपुगेकाले उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरी साधारण सभा तथा चुनाब पुःन रोक्का गर्ने अन्तरिम आदेश जारी गरेको छ ।
यसै बीचमा पुरानो निर्माता संघले संस्थालाई नवीकरण नगरी आर्थिक हिनामिना गरेपछि रुष्ट बनेका दर्जन निर्माताहरुले नयाँ निर्माता संघ दर्ता गरेर अगाडी बढ़ी सकेको छ । नयाँ निर्माता संघका अध्यक्ष नवल खड्काले भ्रष्ट्राचार बिरुद्ध सबै निर्माताहरु एकढिक्का हुन बिनम्र अनुरोध गरेका छन् ।

Namaste Filmy

Read Previous

दयाहाङ अभिनित लालटिनलाई पीजी सर्टिफिकेट

Read Next

फ्राइडे रिलिज अन्तर्गत आज बाट ‘समर्पण’ प्रदर्शनमा ।भिडियो