'आधी बाटो'मै सकियो, यस कुमारको जिन्दगी । (भिडियो)

[dropcap][/dropcap]गामी चैत्र २१ गते रिलिजको तयारीमा रहेको फिल्म आधी बाटोको नयां अफिसियल ट्रेलर रिलिज भएको छ । ट्रेलरमा जिन्दगीमा गर्न चाहेको कुराहरु पुरा हुन नपाउदै आधी बाटोमै जिन्दगी सकिएको प्रसंगलाई आकर्षक ढंगले देखाउन खोजिएको छ ।Picture1कसले चोर्यो मेरो मन, काली लगायतका हिट फिल्म दिइसकेका निर्देशक सबिर श्रेष्ठको निर्देशनमा  तयार भएको फिल्म आधी बाटो लभस्टोरी फिल्म हो । फिल्मलाई रमेश त्वयनाले निर्माण गरेका हुन । राहुल प्रोडक्सनको ब्यानरमा बनेको फिल्ममा यश कुमार , सबिन श्रेष्ठ, जेनिशा के सी , अनु शाह लगायतका कलाकार हरुको अभिनय रहेको छ । फिल्ममा यश कुमार र सुरेश अधिकारीको संगीत, कविराज गहतराज र सुरेश श्रेष्ठको नृत्य, रोशन श्रेष्ठको द्धन्द अर्जुन जीसी र बद्रि लामिछानेको सम्पादन र तथा नवराज कृष्ण थापाको छयांकन रहेको छ । पछिल्लो गीतसंगीतले राम्रो चर्चा कमाइरहेको फिल्मलाई गोपाल कायस्थ तथा एफ डि कम्पनीले अलनेपाल बितरण गर्ने भएका छन ।

हेर्नुहोस ट्रेलर:

Namaste Filmy

Read Previous

साबुनको प्रचार गर्दै निर्देशक राजु गिरी ।

Read Next

फ्राइडे रिलिज : बलिउडमा चार फिल्मको भिडन्त ।