फ्राइडे रिलिज : बलिउडमा चार फिल्मको भिडन्त ।

[dropcap]बी [/dropcap]टाउनमा यस शुक्रबार चार फिल्महरु एकै साथ रिलिज भएको छ । जसमध्य पार्न स्टार सन्नी लियोनको रागिनि एम एम एस २ लाई सबै भन्दा आशा गरिएको फिल्म मान्न सकिन्छ ।

रागिनी एम एम एस २

sunny_031912101100
पार्न स्टार सन्नी लियोन स्टारर यस फिल्मलाई एकता कपुरले निर्माण एवं निर्देशन गरेका हुन । पछिल्लो समय गीत नै अत्यन्त हिट भएको फिल्ममा सन्नीको अलवा प्रबीण डबास, सन्ध्या मुदुल तथा अनिताको मुख्य अभिनय रहेको छ ।
गैग अफ घोस्टस
बंगाली फिल्म भुतेर भविष्यतको रिमेक फिल्म गैग अफ घोस्टसलाई सतिश कौशिक ले निर्माण निर्देशन गरेका हुन । फिल्ममा माहि गिल, सरमान जोशी, मीरा चोपडा, विजय बर्मा, सौरभ शुक्ला लगायतको अभिनय रहेको छ ।
लक्ष्मी
बालबालिकाको कथा मुख्य बिषय रहेको फिल्म लक्ष्मीलाई नागेश कुकुनुरले निर्देशन गरेका हुन । जयंतीलाल गडको निर्माण रहेको फिल्ममा नागेश कुकुनुर, मोनाली ठाकुर तथा सेफाली शाहको अभिनय छ ।
आखो देखी
रजत कपुरको यस फिल्म पचास बर्षीय राजे बाउजीको कहानी हो । संजय मिश्रा, रजत कपुर, सीमा भार्गव तथा नमित दासको फिल्ममा अभिनय रहेको छ ।

Namaste Filmy

Read Previous

'आधी बाटो'मै सकियो, यस कुमारको जिन्दगी । (भिडियो)

Read Next

'ठुली' बन्नको लागी गरिमा फाइट सिक्दै ।