'ठुली' बन्नको लागी गरिमा फाइट सिक्दै ।

[dropcap][/dropcap]भरेष्ट सुर्य बोहोराको निर्देशनमा बन्न लागेको फिल्म ठुली को लागी शिर्ष कलाकार फाइनल भएका छन । यसअघि गरिमा पन्तले ठुली को क्यारेक्टर निभाउने बताइएपनि अन्य कलाकारको नाम सार्वजनिक गरिएको थिएन । तर अब फिल्ममा जीवन लुइटेल लाई गरिमा संगै मुख्य भुमिका मा प्रस्तुत गरिनेछ । फिल्ममा गरिमाको भुमिका एक्सनप्रधान रहने बताइएको छ भने जीवनको भुमिका गोप्य नै राखिएको छ । झोला फिल्मबाट सर्वत्र चर्चा बटुुलेकि नायिका गरिमाले पहिलोपटक कुनै फिल्ममा यसरी भौतिक द्धन्दको दृश्य दिन लागेकी हुन । फिल्मका लागी फाइट गर्नुपर्ने  भएपछि उनी अहिले द्धन्दको औपचारिक प्रशिक्षण लिइरहेकि छिन ।garima1
निर्देशक बोहोरा संगै सुनिल बस्नेतको लगानी रहने फिल्मको छयांकन यहि चैत्र ९ गतेदेखि सुरु गरिने भएको छ । चितवन, बाग्लुङ, बेनी जोमसोम लगायतको स्थानमा फिल्म खिचिनेछ । निर्देशक बोहोराकै कथा रहने फिल्ममा शेर ब. लामाको छयांकन, मित्र गुरुङको सम्पादन रहनेछ । फिल्मको गीत संगीत भने बसन्त सापकोटाको संगीतमा तयार भइसकेको छ ।

Namaste Filmy

Read Previous

फ्राइडे रिलिज : बलिउडमा चार फिल्मको भिडन्त ।

Read Next

३० बर्ष सम्म भर्जिन थिइन रानी मुखर्जी । अहिले सेक्समा अनुभवी ।