चैत्र २५ मा रिलीज हुने ‘पर्व’को छायांकन सुरु

टीभी फिल्मीको प्रस्तुती र सुवास इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण हुन लागेको चलचित्र ‘पर्व’को छायांकन आजबाट सुरु गरिएको छ ।चलचित्रको शुभ–मुहुर्तमा निर्देशक, निर्माता र कलाकारले पूजा गरेका थिए ।पूजा लगतै कलाकार कोशिश क्षेत्रीले मुहुर्त सर्ट दिएका थिए ।
praba-namaste
ललितपुरको च्यासल खेल मैदान नजिकै भव्य सेट लगाएर ‘काले काले’ बोलको गीतको छायांकन सगै चलचित्रको छायांकन सुरु गरिएको हो ।यो गीतमा माला लिम्बु र निर्देशक निश्चल बस्नेतले नृत्य गर्नेछन् । एउटा पर्वमा घटेको घटनापछि एक पात्रले आफ्नो व्यक्तिगत सन्तुष्टीका लागि गर्ने विभिन्न खालका क्रियाकलापमा यो चलचित्र बन्ने निर्देशकको भनाई छ ।
praba-namastefilmy
चलचित्रको मुख्य भूमिकामा नायिका नम्रता श्रेष्ठको साथमा नायक तथा गायक कोशिश क्षेत्री छन् । साथमा, माला लिम्बु, अमितेश शाह, प्रीया रिजाल, श्रीयन्स तिमिल्सिना यसको मुख्य भूमिकामा छन् । सुवास गिरी र निकिता पौडेलको यसमा लगानी छ।
कोशिश क्षेत्रीको कथा, किरण माइकल घिमिरेको पटकथा तथा संवाद, राजेश श्रेष्ठको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन, हिमाल केसीको एक्सन, कविराज गहतराजको कोरियोग्राफी चलचित्रमा रहनेछ ।
‘आई एम सरी, नोभेम्बर रेन र क्लासिक’ पछि निर्देशक राउतले फरक कथामा चलचित्र बनाउन लागेका हुन् । चलचित्रको प्रदर्शन मिति चैत्र २५ लाई तोकिएको छ ।

Namaste Filmy

Read Previous

‘लुट २’ ब्लकबस्टर हुने सङ्केत,एकरातमा २ लाख ११ हजार पटक ट्रेलर हेरियो (भिडियो )

Read Next

नीता र जीवनको ‘लेक साइड’ माघ २८ बाट प्रदर्शन हुने