आमिर खानको‘दंगल’ले कमायो १७ दिनमा ३४५.३० करोड , ‘पीके’को रेकर्ड तोडियो

आमिर खानको नया चलचित्र ‘दंगल’ बलिउड को सबै भन्दा बढी पैसा कमाउने चलचित्र बनेको छ। आमिर खानले आफ्नै चलचित्र ‘पीके’को लाइफ टाइम कलेक्शन ३३९ .५ करोडको रेकर्ड आफै तोडेका छन् ।
amir-khanचलचित्र ‘दंगल’ सर्वाधिक व्यापार गर्ने बलिउड चलचित्र बनेको छ ।तेश्रो हप्तामा प्रदर्शन भैरहेको चलचित्र ‘दंगल’ आइतबारसम्म ३४५.३० करोडको व्यापार गरेको छ ।चलचित्र ‘दंगल’ले बिदेशी बजारमा समेत १७ दिनमा १ सय ७४ करोडको व्यापार गरिसकेको छ ।लचित्रले तेश्रो हप्ताको शुक्रबार ६.६६, शनिबार १०.८० र आइतबार १४.३३ करोडको व्यापार गरेको छ ।भारतीय चलचित्र नगरीमा अब ‘दंगल’ ले चार सय करोडको सम्मको व्यापार गर्न सक्ने अनुमान लगुना थालिएको छ ।
बलिउडमा सय, २ सय, २ सय ५०, ३ सय करोडको स्थापना गरेका आमिरले अब ३ सय ५० करोडको पनि सुरुवात गर्ने भएका छन् । यस अगाडि ‘दंगल’ले सलमान खानको ‘सुल्तान र बजरंगी भाइजान’को रेकर्ड तोडेको थियो ।
फिल्मलाई नितेश तिवारीले निर्देशन गरेका हुन । फिल्ममा आमिर खान सगै राजकुमार राव, गौतम गुलाटि लगायतको पनि अभिनय रहेको छ ।चलचित्रलाई आमिर खानले नै निर्माण गरेका हुन।

Namaste Filmy

Read Previous

निशा र प्रज्वल तराई झरेर पछि (भिडियो)

Read Next

चर्चामा निखिलको “किङ्ग”, यसो भन्छन कलाकार फिल्मको बारेमा ….