शिव परियारलाई चितवन महोत्सवमा २४ हजार दर्शकको हुटिङ र ताली

चितवनमा जारी चितवन महोत्सव २०७३ मा बिहिबार चर्चित गायक शिव परियारले आफ्नो प्रस्तुतिले दर्शक तथा स्रोत मन जितेका छन् ।बिहीबार महोत्सवमा २४ हजार भन्दा बढी दर्शकको माझ आफ्नो प्रस्तुतिले शिवले सबैको मन मात्रै जितेन् कि दर्शकले हुटिङ र तालीले उनले साथ समेत दिएका थिए ।
shivva pariyarनेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका लोकप्रिय गायक शिव परियारले बिहिबार चितवन महोत्सव बेहोस पछि होसमा आउँदा त क्या दामी भो, माया देउ मायालु , पिलायो साथीले, “नभेटी नभेटी”लगायतका पाँच वटा चर्चीत गीतहरु गायका थिए ।चितवनमा हुने धेरै जसो सांगेतिक कार्यक्रममा आफ्नो गीत संगीतले सबैको मन जितेका शिवको चितवन महोत्सव मा भने पहिलो पटक आफ्नो प्रस्तुति दिएका हुन् ।
गायक शिव परियार देख्ने वित्तीकै दर्शकको हुटिङले चितवन महोत्सव गुञ्जियो थियो ।शिवको गीतमा दर्सकको ‘वान्स मोर‘ ‘वान्स मोर‘ले महोत्सवमा दर्शकको भिडले मञ्च गुञ्जियो ।तर समय अभाबले अन्य कलाकारको प्रस्तुति रहेको हुदा शिवले दर्शकको चाहना अनुसार गीत गाउन भने पाएनन ।
त्यसैगरी, हरि योञ्जन, प्रिती आले, रामचन्द्र काफ्ले, जुनु रिजाल, राजेन्द्र बजगाईँ, पारु शाही लगायतका कलाकालहरुले समेत आफ्नो प्रस्तुति राखेका थिए । सांस्कृतिक कार्यक्रम अन्तर्गत शुक्रबार लोक तथा दोहोरी गीत प्रतियोगिता हुनुका साथै सपना रैला, भुवन प्यासी, बद्रि पंगेनी लगायतका कलाकारको प्रस्तुति रहने सांस्कृतिक संयोजक रोहितकुमार श्रेष्ठले जानकारी दिए ।
चितवन महोत्सव डान्सिङ स्टार बिहीबार सम्पन्न भएको छ । चितवनका विभिन्न १३ जना कलाकारले भाग लिएको प्रतियोगितामा नारायणगढकी अस्मिता सेन्चुरी पहिलो भएकी छिन् । उक्त प्रतियोगितामा गीतानगरकी अनुजा अधिकारी दोस्रो र विन्दा दाहाल तेस्रो भएका छन् । प्रतियोगिताका विजेताहरुलाई नगद सहित सम्मान गरिएको सांस्कृतिक कार्यक्रम व्यवस्थापन समितिका संयोजक रोहितकुमार श्रेष्ठले जानकारी दिए । सांस्कृतिक कार्यक्रम अन्तर्गत बिहीबार नै लोक तथा दोहोरी गीत प्रतियोगिताको पहिलो चरणको प्रतियोगिता समेत सम्पन्न भएको छ । बिहीबार भएको लोक तथा दोहोरी गीत प्रतियोगिताको नतिजा भने शुक्रबार मात्रै प्रकासन गर्ने सांस्कृतिक समितिले जनाएको छ ।

Namaste Filmy

Read Previous

'सारङ्क' को ट्रेलर र फस्टलुक सार्वजनिक (भिडियो)

Read Next

‘छक्का पन्जा’ पाइरेसी गर्ने कृष्ण सुवेदीद्वारा आत्महत्या