चितवन महोत्सवमा दुई मिस नेपाल सृष्टी श्रेष्ठ र अस्मी श्रेष्ठ

चितवन महोत्सवको अवसर पारेर आयोजना गरिएको सांस्कृतिक कार्यक्रमहरु समापन गरिएको छ । पुस २६ गतेदेखि सुरु भएको सांस्कृतिक कार्यक्रम अन्तर्गतका सम्पूर्ण कार्यक्रम समापन भएको सांस्कृतिक व्यवस्थापन समितिका संयोजक रोहित कुमार श्रेष्ठले जानकारी दिए ।
miss nepalसांस्कृतिक कार्यक्रम अन्तर्गत विजयी भएका कलाकालहरुलाई मिस नेपाल २०१६ अस्मी श्रेष्ठ, मिस नेपाल २०१२ सृष्टी श्रेष्ठ, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष, पूर्व अध्यक्षहरु, कार्यसमितिलगायतको उपस्थितिमा पुरस्कार वितरण गरिएको छ । मंगलबार आयोजना गरिएको सांस्कृतिक कार्यक्रम समापनमा आकर्षणका रुपमा पूर्व मिस नेपाल र मिस नेपाल २०१६ को उपस्थिति रहेको थियो ।
shristi n asmiपूर्व मिस नेपाल तथा चलचित्र ‘गाजालु’ नायिका सृष्टी श्रेष्ठ महोत्सवमा आउदा उनि सग फोटो लिन दर्शकको भिड लामै थियो । सृष्टीले चलचित्र ‘गाजालु’ मार्फत नेपाली रजतपटमा डेब्यु गरेकी हुन् ।पहिलो चलचित्र बाट नै सबैको तारिफ कमाउन सफल सृष्टीले रोमियो एण्ड मुनामा अभिनय गर्दैछिन् ।
chitwan mahosabसांस्कृतिक कार्यक्रमको समापनमा विभिन्न प्रतियोगिताका विजयी कलाकारहरुले आफ्नो प्रस्तुती समेत राखेका थिए । नारायणी कला मन्दिरको सांगीतिक प्रस्तुतीलाई कार्यक्रममा थप आकर्षण बनाएको थियो । आधुनिक गीत प्रतियोगिता, चितवन महोत्सव डान्सिङ स्टार, विद्यालय नृत्य प्रतियोगितालगायतका प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो भएका कलाकारहरुलाई मंगलबार पुरस्कार वितरण गरिएको थियो ।
drashakकार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष एवम् महोत्सव मूल आयोजक समितिका संयोजक राजन गौतमले चितवन महोत्सवले कला र संस्कृतिको संरक्षण गर्दै आएको बताए । कला र संस्कृतिको संरक्षण र यसको जगेर्ना गर्नको लागि महोत्सवको सांस्कृतिक कार्यक्रम अन्तर्गत विभिन्न प्रतियोगिताहरु गराएको गौतमको भनाइ थियो ।

Namaste Filmy

Read Previous

शिल्पा पोखरेलले छबि ओझासग मिलेर बनाउने चलचित्र 'मंगलम'को शुभ–साइत

Read Next

‘लभ लभ लभ’ को गीत रिलिज (भिडियो)