नम्रता श्रेष्ठ सवारी दुर्घटनामा । अवस्था सामन्य

namrata sthनायिका नम्रता श्रेष्ठ सवार गाडि दुर्घटनामा परेको छ । छयांकनरत चलचित्र ‘पर्व’को सुटिङ सेटबाट फर्कंदै गर्दा शनिबार राति नम्रता सवार गाडि नयाँ बानेश्वरमा दुर्घटनामा परेको हो ।
टिभी फिल्मीको भ्यानमा नम्रता र चलचित्रका सह–निर्देशक सुरेश न्यौपाने सवार थिए । दुवैको अवस्था सामन्य रहेको फिल्मका निर्देशक दिनेश राउत जानकारी दिए । हिरोइन घाइते भएपछि आइतबारको छायांकन स्थगित भएको निर्देशक राउतले जानकारी दिए ।

चैत्र २५ गतेलाई प्रदर्शन मिति तय भइसकेको पर्वको यतिबेला छायाँकन भइरहेको छ । सुवास गिरी र निकिता पौडेलको निर्माणमा तयार भइरहेको यो चलचित्रमा कोशिश क्षेत्री, नम्रता श्रेष्ठ, माला लिम्बु, जेबिका कार्की मुख्य भूमिकामा छन् ।

Namaste Filmy

Read Previous

तेरियाले जितिन् ‘झलक दिख ला जा’ को उपाधि । भिडियो

Read Next

'मेरो देश' प्रदर्शनको लागि तयार