'मेरो देश' प्रदर्शनको लागि तयार


Mero Desh film newचितवन । चलचित्र ‘मेरो देश’ प्रदर्शनको लागि तयार भएको छ । आज चितवनको रत्ननगरमा सञ्चारकर्मीहरुसँग अन्तरक्रिया गर्दै चलचित्रका कार्यकारी निर्माता उदय सापकोटाले चलचित्रको सम्पुर्ण काम सकिएको जानकारी दिए । उनले चलचित्र प्रदर्शन मिति फाल्गुन ६ गतेलाई तय गरिएको बताए । बिशुद्ध देश र समाजप्रति उतरदायी भएर चलचित्र निर्माण गरेको उनको भनाई छ । चलचित्रले देश र समाजमा हुने विभिन्न अपारदार्शिताको बिरुद्ध बौद्धिक रुपमा बिरोध गर्ने नागारिकहरुको कथा बोकेको छ । नायक आयुष रिजाल कर्मठ पत्रकारको भुमिकामा रहेको बताउदै निर्माता सापकोटाले पत्रकारले देश र समाज परिवर्तनमा खेल्न सक्ने भुमिका फिल्मको मुख्य बिषय भएको बताए । देव नेपालले निर्देशन गरेको चलचित्रमा नायक रिजालसँगै निशा अधिकारी, प्रज्वलगिरि, नीर शाह, ध्रुव कोइराला लगायतको अभिनय रहेको छ । हालसम्म ५५ लाख लगानी भइसकेको चलचित्र काठमण्डौ सहित बिपि राजमार्ग र तराईको विभिन्न क्षेत्रमा खिचिएको छ । फिल्मलाई सेन्सर बोर्डले युनिभर्सल सर्टिफिकेट दिइसकेको छ ।

Namaste Filmy

Read Previous

नम्रता श्रेष्ठ सवारी दुर्घटनामा । अवस्था सामन्य

Read Next

अमेरिकामा छायांकन गरिएको राजेशपायल राईको गीतको भिडियो सार्वजनिक