दिपकराज गिरीले किन लेखे यस्तो ?

निर्माता तथा अभिनेता दिपकराज गिरी पछिल्लो समय निकै एग्रेसिभ देखिन्छन । आफ्नो चलचित्र ‘छक्का पञ्जा’ पाइरेसीको मारमा परेको बेला विभिन्न खालका तनाव झेल्नुपरेपछि उनी झन पिडित छन । आइतबार उनले समाजिक सञ्जाल फेसबुकमा एक लामो स्टाटस लेखे । जहाँ उनी केहि आक्रोशित देखिए ।
उनको आक्रोश पछिल्लो समय ‘छक्का पञ्जा’ लाई नराम्रो फिल्म भन्दै हल्ला गरिरहेका दर्शकहरुप्रति लक्षित देखिन्छ । उनी जति नै राम्रो फिल्म नेपालमा बनाए पनि राम्रो नमान्ने र भारतीय फिल्म जस्तो बनेपनि राम्रो भन्ने दर्शकहरुको बानीप्रति असन्तृष्ट रहेको बुझ्न सकिन्छ । उनले यस्तो लेखेका छन :Dipak raj giriझन्डै २ लाख फलोअर भएका दिपकले यस्तो लेखेपछि दिपकलाई निकै पिडा भएको बुझ्न कठिन छैन । तर आमिर खानको फिल्म दंगलको नाम नै लेखेर कडा प्रतिक्रिया दिनुलाई उनको आक्रोश भनेका छन कतिपयले । छक्का पञ्जा युटुबमा सार्वजनिक भइसकेपछि दर्शकले यसप्रति नकारात्मक टिप्पणी गर्न थालेको थियो । जसकारण दिपकले यस्तो आक्रोश पोखेका हुन भन्ने बुझ्न सकिन्छ । छक्का पञ्जा पाइरेसीकै सन्दर्भमा एक युवकले आत्महत्या गरेपछि झनै दिपक तनावमा छन । त्यसैले पनि उनी पछिल्लो समय समाजिक सञ्जालमा निकै आक्रोश मिसिएको स्टाटसहरु लेखिरहेका छन ।

Namaste Filmy

Read Previous

छोराको चाहाना गर्दा जन्मिएकी थिइन् तेरिया । भिडियो

Read Next

निखिल र निताको 'खुल्लम खुल्ला प्यार' । भिडियो