निखिल र निताको 'खुल्लम खुल्ला प्यार' । भिडियो

NIkhil Nitaअभिनेता निखिल उप्रेतिको पछिल्लो फिल्म ‘निर्भय’को रोमान्टिक गीत सार्वजनिक गरिएको छ । ‘खुल्लम खुल्ला प्यार’ बोलको गतिमा निखिलसँगै निता ढुङगाना फिचरिङ छन । नयाँ पुस्ताकी हिरोइन मानिने निताले निखिलसँग पहिलोचोटि पर्दामा रोमान्स गरेकी हुन । उनीहरुको जोडि गतिमा राम्रै जमेको देखिन्छ ।
अर्जुन पोखरेलको सँगीत र देवल भण्डारीको शब्द रहेको गतिमा प्रमोद खरेल र अञ्जु पन्तको स्वर छ । अधिकांश छयांकन चितवनमा गरिएको निर्भयलाई चितवनकै निर्देशक मधुसुदन भट्टराईले निर्देशन गरेका हुन । रामशरण उप्रेतीले खिचेको फिल्मलाई देवीप्रसाद पाण्डेले निर्माण गरेका हुन ।

Namaste Filmy

Read Previous

दिपकराज गिरीले किन लेखे यस्तो ?

Read Next

चैत्र ४ मा 'यो साइनो मायाको', अडियो गीत रिलिज