महानायक राजेश हमाल तनहूँ पुग्दा

Rajesh Hamalमहानायक राजेश हमाल सोमबार तनहुँ पुग्दा माहोल एकाएक भव्य देखियो । चलचत्रि उद्योगमा एकछत्र राज गर्न सफल यी स्टारलाई आफ्नै गाँऊठाँऊमा देखेपछि स्थानिय हर्षविभोर देखिन्थे । उनीहरुले हमालको भव्य स्वागत गरे । उनीहरुले हमाललाई पुरिने गरि लगाइदिएको मालाको पनि अहिले निकै चर्चा छ । हमालको सम्मानमा स्थानियले माला लगाएर सम्मान तथा स्वागत गरेका थिए ।
हमाल तनहुँको जामुनेस्थित राधा माध्यामिक विधालयको वार्षिकोत्सव उद्घाटन तथा घाँसी नेपाल द्वारा बनाइएको नव निर्मित चार कोठे भवन हस्तान्तरण कार्यक्रममा सहभागी हुन पुगेका हुन । जहाँ हमाललाई हेर्नकै लागि सयौ स्थानिय ओइरिएका थिए । कार्यक्रम उद्घाटनपछि हमालले उपहार स्वरुप नयाँ भवन पाएकोमा राधा मावीका विद्यार्थीहरुलाई भाग्यमानी ठान्दै भूकम्प पछि आफुले देशका धेरै क्षेत्रमा भ्रमण गरेको र क्षतिलाई नजिकबाट देखेको भन्दै त्यो दयनिय अवस्था साम्य हुने नहुनेमा शंका पाइएकोमा अब मुहार फेरिएकोमा खुशी व्यक्त गरे ।
भूकम्पपछि उत्पन्न अवस्थामा घाँसी नेपालसँग सहकार्य गर्दै घाँसी नेपालको योजनाहरु हेरेको र पहिले देखी नै शिक्षा क्षेत्रमा लागेको थाहा पाएसँगै भूकम्पले ढालेका विद्यालयलाई कसरी उठाउन सकिन्छ भन्नेमा घाँसी नेपाल अग्रसरतामा हातेमालो गरेको बताए । स्थानिय विद्यार्थीहरुसँग समय बिताउन पाउँदा फलदायक महशुसगरेको भन्दै उनले भोलीको दिनमा पनि यो प्रकारको सहयोगको लागी आफु सधैं कृयाशिल रहने प्रतिवद्धता समेत व्यक्त गरे ।
देशको शिक्षा क्षेत्रलाइ अघि बढाउने आफु जहिले पनि लागिपरिरहेको स्मरण गर्दै हमालले व्याक्ति नहेरेर संस्था र समाजको स्तर वृद्धिमा आफ्नो प्राथमिकता रहने उनको भनाइ थियो ।

Namaste Filmy

Read Previous

चैत्र ४ मा 'यो साइनो मायाको', अडियो गीत रिलिज

Read Next

चलचित्र संघमा प्रदिप कुमार उदय निर्विरोध