असार ३० मा आउने भयो ‘सायद २’ ,मार्च १९ मा जापान प्रिमियर हुने

चलचित्र ‘सायद २’ असार ३० गतेबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ ।जेष्ठ १२ मा पनि शायद २ चलचित्रका लक्षित दर्शकको फेरि परिक्षा पर्ने भएकाले चलचित्रको प्रदर्शनको मिति तेस्रो पटक सार्दै असार ३० लाई तोकिएको निर्माता सुनिल रावलले बताए ।
1485427260sayad2‘सायद’, ‘होस्टेल’, ‘होस्टेल रिटन्र्स’बाट स्थापित ब्यानरको रुपमा चिनिएको दुर्गिश फिल्मस्ले चलचित्र ‘सायद २’ ’लाई निर्माण गरेको हो । जसका निर्माता सुनिल रावल हुन् ।निर्माण कार्यमा रावललाई इश्वर श्रेष्ठ र सुभाष लामिछानेले सघाएका छन् ।
प्रतिक्षित फिल्मको रुपमा हेरिएको यस चलचित्रमा सुशिल श्रेष्ठ, अमित ढुङगाना , निशा कार्की, कुशल पाण्डे, सुनिल रावल लगायतको फिल्ममा अभिनय रहेको छ । फिल्मलाई बलिउडका ठुला फिल्ममा सहायकको रुपमा काम गरीसकेका पुष्पराज न्यौपानेले निर्देशन गरेका छन ।
चलचित्र मार्च १९ का दिन जापानको टोकियोमा प्रिमियर गरिने भएको छ । प्रिमियरमा सहभागी हुन निर्माता सुनिल रावल, दुर्गिस थापा, कलाकार शुसील श्रेष्ठ, स्यारोन श्रेष्ठ र रंग पत्रकार श्याम अर्याल टोकियो जाने भएका छन् ।चलचित्रको यस अघि हङकङमा पनि प्रदर्शन गरि सकिएको छ ।

Namaste Filmy

Read Previous

चलचित्रको नाम "२ रुपैयाँ " ,‘लुट २'निर्देशक निश्चल बस्नेत मुख्य भूमिकामा

Read Next

मोनालिसाको बारेमा सुबासको मनमा कुरा खेले पछि (भिडियो )