‘बाहुबली २’को पोस्टर रिलिज

बहुप्रतीक्षित चलचित्र ‘बाहुबली २’को पोस्टर रिलिज गरिएको छ ।२८ अप्रिल बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘बाहुबली २’फिल्म अहिले निकै प्रतिक्षामा छ । यसअघिका बाहुबली सफल र कथा सस्पेन्स राखिएका कारण सिक्वेलको माग बढेको हो ।
bahubali 2एम एस राजामौलीकै निर्देशनमा बनिरहेको बाहुबली २मा बाहुबलीकै टीम दोहोरिएका छन । प्रभास, राणा दग्गुवति, अनुष्का शेट्टि र तमन्न भाटिया मुख्य भूमिकामा रहेका छन् ।
बलिउडदेखि संसारभर धमाका मच्चाउन सफल ‘बाहुबली’को सिक्वेलले रिलिज अगावै रेकर्ड कायम गर्न थालेको छ । फिल्मलाई सोनि टिभी नेटवर्कले ५१ करोड रुपैयामा हिन्दी भर्सनको स्याटेलाइट अधिकार खरिद गरेको हो । यो भारतीय फिल्म इतिहासमा सर्वाधिक हो ।

Namaste Filmy

Read Previous

बहुप्रतीक्षित चलचित्र ‘लुट २’को 'घयाम्पे' गीत सार्वजनिक (भिडियो)

Read Next

गायक तथा हास्य कलाकार प्रकाश ओझालाई दश बर्ष कैद सजाय